PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कसरी हट्यो लोडसेडिङ? कालिगण्डकी आयोजनामा लागू भएको यस्तो छ 'कुलमान सूत्र'

कसरी हट्यो लोडसेडिङ? कालिगण्डकी आयोजनामा लागू भएको यस्तो छ 'कुलमान सूत्र'

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : विद्युत व्यवस्थापनको कुलमान सूत्रबाट त पूरै देश कायल छ। तर उनको त्यो सूत्र के हो? धेरै कमलाई मात्रै थाहा छ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको सूत्र हो, भइरहेकै आयोजनाबाट पनि अधिकत्तमभन्दा अधिकत्तम विद्युत उत्पादन। र, त्यो विद्युत पनि सबैभन्दा बढी चाहिएको समयमा मात्रै उत्पादन।

उनको त्यो विद्युत व्यवस्थापनसम्वन्धी सूत्रको एउटा सानो उदाहरण प्राप्त भएको छ।

विगतका वर्षहरुमा देशका अधिकांश ठूला आयोजनाहरु सुख्खा समयमा मर्मतका लागि पूर्ण रुपमा बन्द गरिन्थ्यो। सुक्खा समयमा यसै त कम विद्युत उत्पादन हुने र त्यही विद्युत उत्पादन गर्ने आयोजना पनि मर्मतका लागि पूर्ण रुपमा बन्द भएपछि देशमा लोडसेडिङको भयावह अवस्था सिर्जना हुन्थ्यो।

वितेको १० वर्ष देशले सुख्खा समयमा यही कारण लोडसेडिङको ठूलो समस्या भोग्यो। तर प्राधिकरणमा घिसिङ आएपछि दसैंयता उपत्यका आसपास र चैत लागेपछि देश पूरै उज्यालो छ। उद्योगले समेत विगतका वर्षभन्दा बढी विद्युत पाएका छन्।

स्वदेशमा निर्माण भएका नयाँ आयोजनाबाट केही मात्रामा विद्युत थपिँदा र भारतबाट खर्च नबढाई विद्युत आयात गर्दा पनि कसरी लोडसेडिङ हट्यो? धेरैको मनमा उठेको प्रश्न हो।

त्यो प्रश्नको जवाफ अहिले सञ्चालनमा रहेको देशकै सबैभन्दा ठूलो आयोजना कालीगण्डकीमार्फत कुलमान घिसिङले दिएका छन्। १४४ मेगावाट क्षमताको कालीगण्डकी गतवर्ष मर्मतका लागि सुक्खा समयमा ४२ दिन बन्द गरिएको थियो।

४२ दिन आयोजना बन्द हुँदा विद्युत प्राधिकरणले विगतका वर्षहरुमा लोडसेडिङको समय बढाएको थियो। यो वर्ष पनि कालीगण्डकी मर्मत भइरहेको छ तर त्यस समयभन्दा भिन्दै ढंगले।

कालिगण्डकी अहिले १० दिनदेखि मर्मत भइरहेको छ। शनिबार सार्वजनिक बिदाको दिन पनि घिसिङले घरपरिवार नभनी कालिगण्डकी आयोजना पुगे। उनी त्यहाँ पुगेर मर्मत काममा जुटिरहेका कर्मचारीलाई हौसला बढाउँदै थिए।

आफूले गरिरहेको कामलाई चासोका साथ हेरेर हौसला प्रदान गर्न फिल्डमै पुगेपछि कालिगण्डकी आयोजनाका कर्मचारी पनि हौसिए। कामलाई तीव्र पार्न घिसिङले निर्देशन दिए र सबैसँग छलफलपछि अब थप १० दिन भित्र आयोजना मर्मत सक्न समय पनि दिए।

गतवर्ष ४२ दिन लागेको काम यो वर्ष २० दिनमा पूरा हुँदैछ।यहाँ व्यवस्थापनको अर्को पाटो पनि जोडिएको छ। गतवर्ष पूर्ण रुपमा बन्द भएको आयोजनाले यसपटक मर्मत भइरहँदा पनि पिक आवरमा ९० मेगावाट विद्युत उत्पादन गरिरहेको छ।

दिनभर मर्मत गर्ने र साँझ बढी विद्युत चाहिएको बेला आयोजनाबाट ९० मेगावाट विद्युत उत्पादन गर्ने काम भइरहेको घिसिङसँगै कालिगण्डकी पुगेका तनहुँ हाइड्रोपावरका कम्युनिकेश एक्सपर्ट सचेन गौतमले जानकारी दिए।



ट्रेन्डिङ पोस्ट

Ncell