PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आफ्नै पतिको मृत्युको खबर लाइभ पढिन् यी भारतीय न्युज एङ्करले



आफ्नै पतिको मृत्युको खबर लाइभ पढिन् यी भारतीय न्युज एङ्करले

मिडियाकर्मीले कहिलेकाहीँ कस्तो अकल्पनीय घटनाको सामना गर्नुपर्ने हुन्छ भन्ने प्रमाण एक भारतीय टेलिभिजन न्युज एङ्करको जीवनमा देखिएको छ। 

दर्शकहरुलाई देशदुनियाँको खबर सुनाउने छत्तीसगढका एक प्राइभेट न्युज च्यानल आइबिसी २४ की २८ वर्षीया एङ्कर सुप्रीत कौरले सडक दुर्घटनामा आफ्ना पतिको मृत्यु भएको ब्रेकिङ न्युज आफैले पढ्नु पर्‍यो। 

एङ्करको यो अदम्य साहस र कर्तव्यनिष्ठाको अहिले भारतभर प्रशंसा भइरहेको एनडिटिभीले जनाएको छ। छत्तीसगढका मुख्यमन्त्री रमन सिंहले समेत सुप्रीतका पति हर्षद गावडेको मृत्युमा दुःख जनाएका छन्।

घटना शनिबार बिहानको हो। लाइभ न्युज बुलेटिनका क्रममा न्युज एङ्कर सुप्रीत कौर समाचार पढिरहेकी थिइन्। यसै क्रममा एउटा सडक दुर्घटनाको ब्रेकिङ न्युज आयो। एङ्कर सुप्रीत कौरले रिपोर्टरसँग लाइभ कुरा गर्दा नै शंका गरिसकेकी थिइन्, यो दुर्घटनामा मारिनेमा उनका पति पनि छन्।

तर यस्तो अप्ठेरो अवस्थामा पनि उनले आफूलाई सम्हालिन् र न्युज बुलेटिन पढ्दै रहिन्। उनले रिपोर्टरसँग कुरा गरेर दर्शकलाई दुर्घटनाबारे विस्तृत जानकारी दिएकी थिइन्।
 
न्युज बुलेटिन पढ्न सकिएपछि बल्ल उनी स्टुडियोबाट बाहिर आइन्, घरमा फोन गरेर कन्फर्म गरिन् र रुन थालिन्। त्यसपछि दुर्घटनास्थलतर्फ लागिन्। 

सुप्रितका सहकर्मीका अनुसार सबै सहकर्मीलाई उनका पतिको मृत्युको खबर भइसकेको थियो। तर उनीहरुमध्ये कसैलाई पनि यो सत्य उनलाई बताउने हिम्मत भएन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell