PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

गजल : कसले बिगार्‍यो घरबार?



पहिलोपोस्ट

गजल : कसले बिगार्‍यो घरबार?
फोटो स्रोत : www.homesecuritysystems.tips

  • जितेन्द्र मल्ल 

कसले बिगार्‍यो घरबार? अनुसन्धान जारी छ
भगवान्,  मदिरा या प्यार? अनुसन्धान जारी छ  

अन्तिम इच्छामा छोराले बेपत्ता बाको खबर सोध्यो
अझै पनि भन्छ सरकार अनुसन्धान जारी छ 

यौटा गरिब रातारात अमीर भएको खबर आयो
गरेछ उसले कुन व्यापार?  अनुसन्धान जारी छ

गोजी रित्तिँदा फैलिन्छन्, भरिँदा मुठ्ठी बन्छन् यी हात
के होला यसको उपचार? अनुसन्धान जारी छ

उसले चोरेर आफ्ना साना नानीको भोक मेटायो
पुण्य होला कि पाप यार? अनुसन्धान जारी छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell