PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

शंकास्पद नम्बरको कल नउठाउन टेलिकमको आग्रह



पहिलोपोस्ट

शंकास्पद नम्बरको कल नउठाउन टेलिकमको आग्रह

काठमाडौं : नेपाल टेलिकमले आफ्नो नेटवर्कमा आउने शंकास्पद नम्बरहरुको कल नउठाउन ग्राहकलाई आग्रह गरेको छ।

टेलिकमका जिएसएम प्रिपेड तथा पोष्टपेड नम्बरमा ट्युनिसियालगायत विभिन्न मुलुकको कोड नम्बरबाट मिसकल आएपछि सेवाग्राहीमा रातो नम्बरजस्तै भ्रम फैलिएको छ।

टेलिकमले आफ्नो नेटवर्कमा आउने शंकास्पद नम्बरहरुको कललाई विदेशी क्यारियरमार्फत ब्लक गरिसकेको जनाएको छ। टेलिकमले कुनै यस्ता कलहरु आए नउठाउन सेवाग्राहीलाई आग्रह गरेको छ।

टेलिकमले ट्युनिसियाबाट ‌+२१६९८.. तथा अन्य मुलुकहरुबाट यी नम्बरबाट (६७४५.., +२१२....) कल आएमा कल नउठाउन आग्रह गरेको हो। टेलिकम सहप्रवक्ता शोभन अधिकारीले अन्तर्राष्ट्रिय गिरोहले यस्तो कल गरेको बताउँदै कल व्याक नगर्न आग्रह गरे। उनले बिहीबार नै त्यस्ता कलहरु टेलिकमका जिएसएम नम्बरमा नआउने बनाएको जानकारी दिए। 

सम्बन्धित समाचार 
+21 वा यस्तै नचिनेको नम्बरबाट मिस कल आयो? सावधान, वाङ्गिरी स्क्याममा फँस्नुहोला



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell