PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हिमालय एयरलाइन्सले वैशाख १५ गतेदेखि दुबर्इ उडान गर्ने, दुर्इतर्फी भाडा २४८२७ रुपैयाँ 



पहिलोपोस्ट

हिमालय एयरलाइन्सले वैशाख १५ गतेदेखि दुबर्इ उडान गर्ने, दुर्इतर्फी भाडा २४८२७ रुपैयाँ 

काठमाडौं : हिमालय एयरलाइन्सले वैशाख १५ गतेदेखि काठमाडौं दुबर्इ नियमित उडान गर्ने भएको छ।

दोहा,क्वालाम्पुर र रंगुनपछि एयरलाइन्सको यो चौथो नियमित उडान हुनेछ। कम्पनीले तीनवटा एयरबस ए ३२० –२१४ ल्याइसकेको छ।काठमाडौंबाट एच –९५५७ मार्फत बिहान १० : ४० मा उडान गर्नेछ र दुबर्इमा १ बजेर २५ मिनेटमा अवतरण गर्नेछ।

दुबर्इबाट स्थानीय समयम २ बजेर २५ मिनेटमा उडान गरेर काठमाडौंमा ८ बजेर २० मिनेटमा अवतरण गर्ने कम्पनीले जनायो।जहाजमा ८ बिजनेश क्लाश र १ सय ५० इकोनोमी क्लाश रहेको छ।

कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले दुबर्इ पर्यटन र व्यापार यात्राको लागि रोमाञ्चक गन्तब्य हुने बताउँदै यसले नेपालको अर्थव्यवस्थामा समेत योगदान दिने दाबी गरे। कम्पनीले काठमाडौं दुबर्इको दुर्इतर्फी भाडा २४ हजार ८ सय २७ रुपैयाँ तोकेको छ। यो भाडादरमा सरकारी कर समावेश नगरिएको कम्पनीले जनायो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell