PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्राधिकरणको अभियान- विद्युतीय सुरक्षा र चुहावट नियन्त्रण, विद्युतीय सुरक्षा दिवस मनाइने



पहिलोपोस्ट

प्राधिकरणको अभियान- विद्युतीय सुरक्षा र चुहावट नियन्त्रण, विद्युतीय सुरक्षा दिवस मनाइने

काठमाडौं : विद्युतीय सुरक्षा र चुहावट नियन्त्रणमा सचेतना जगाउने उदेश्यले शुक्रबार विद्युतीय सुरक्षा दिवस मनाइने भएको छ।

'विद्युतीय सुरक्षा, चुहावट नियन्त्रण र किफायती उपयोग: देशको समृद्धिमा सहयोग' मूल नारासहित नेपाल विद्युत प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सिन) को संयुक्त आयोजनामा यो दिवस मनाइनेछ।

लोडसेडिङ हटेपछि विद्युतीय क्षेत्रबाट हुने दुर्घटना न्युनीकरण प्रमुख मुद्दा बनेको छ। विद्युत सर्ट भएर आगलागी हुने,पोल ढलेर विद्युत प्रवाहमार्फत हुने क्षतिदेखि कर्मचारीले मर्मतका क्रममा हुने मानवीय क्षति ठूलो छ।

विद्युतीय सुरक्षाका बारेमा कर्मचारी र उपभोक्ता दुवैलार्इ सचेतना आवश्यक रहेको सिनका अध्यक्ष लादुराम तामाङले बताए। प्राविधिक र चोरीबाट हुने विद्युतीय चुहावट पनि उल्लेख्य छ।

पछिल्लो समयमा प्राधिकरणले विद्युतीय चुहावट नियन्त्रणलार्इ अभियानको रुपमा अघि बढाएको छ। विद्युतको माग बर्सनि १० प्रतिशतका दरले बढिरहेकोले माग र आपूर्तिको सन्तुलन मिलाउनु प्रमुख चुनौती रहेको प्राधिकरणले जनायो।

विद्युतीय सुरक्षा, किफायती उपयोग र चुहावट नियन्त्रण'का लागि अभियान चालिएको प्राधिकरणका उप-कार्यकारी निर्देशक संयोजक गोपालबाबु भट्टराईले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell