PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

स्थानीय तहको निर्वाचनका नौ तथ्य, हेर्नुस् इन्फोग्राफिक्स

स्थानीय तहको निर्वाचनका नौ तथ्य, हेर्नुस् इन्फोग्राफिक्स


वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा फागुन ९ गतेसम्म आयोगले संकलन गरेको तथ्याङ्क अनुसार १ करोड ४० लाख ५४ हजार चार सय ८२ जना मतदाता छन्। 

स्थानीय तहको निर्वाचनमा नौ तथ्य इन्फोग्राफिक्समा हेर्नुस्। सौजन्य : नेपाल भोट्स




 


 
धेरै मतदाता भएको जिल्लामा राजधानी काठमाडौँलाई मोरङले चार हजारभन्दा बढीले जितेको छ। काठमाडौँपछि झापा रहेको छ। प्रदेश नम्बर २ मा रहेका कुनै पनि जिल्ला धेरै मतदाता भएका शीर्ष पाँच जिल्लामा परेका छैनन्।  
यसपटकको निर्वाचनमा महिला मतदाताको अनुपात घटेको छ। अघिल्लो निर्वाचनमा पुरुषभन्दा महिला बढी मतदाता थिए। तर यस पटक पुरुषकै संख्या बढी छ। काठमाडौँमा सबैभन्दा बढी महिला मतदाता छन् भने महिलाको अनुपात कम भएका जिल्लामध्ये अधिकांश प्रदेश नम्बर २ मा छन्। अनुपातको हिसाबमा डोटीमा सबैभन्दा बढी महिला मतदाता छन्। 
निर्वाचन आयोगले तेस्रो लिङ्गी मतदाताको संख्या पनि सार्वजनिक गरेको छ जसअनुसार सबैभन्दा बढी तेस्रो लिङ्गी मतदाता सप्तरीमा छ। 


ट्रेन्डिङ पोस्ट

Ncell