PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बढी मतदाता भएका जिल्ला प्रदेश २ बाहिर, यी हुन् कम र बढी मतदाता भएका पाँच जिल्ला



बढी मतदाता भएका जिल्ला प्रदेश २ बाहिर, यी हुन् कम र बढी मतदाता भएका पाँच जिल्ला

काठमाडौँ : निर्वाचन आयोगले देशभर मतदाताको संख्या एक करोड ४० लाख ५४ हजार चार सय २२ भएको तथ्याङ्क सार्वजनिक गरेको छ। तथ्याङ्क अनुसार सबैभन्दा बढी मतदाता भएका पाँच जिल्ला प्रदेश २ बाहिरका छन्।
 

बढी मतदाता भएका पाँच जिल्ला

५) सुनसरी  कूल मतदाता संख्या ४२११५९ 
४) रुपन्देही कूल मतदाता संख्या ४५८६१६
३) झापा कूल मतदाता संख्या ५१०२१६
२) काठमाडौँ कूल मतदाता संख्या ५५९४००
१) मोरङ कूल मतदाता संख्या ५६३८७०  

नक्सामा हेर्नुस् बढी मतदाता भएका जिल्ला (निलो बिन्दु) कम मतदाता भएका जिल्ला (रातो बिन्दु)

सबैभन्दा बढी मतदाता भएका मोरङ, तेस्रो नम्बरमा परेको झापा र पाँचौँ नम्बरमा परेको सुनसरी जिल्ला प्रदेश नम्बर १ मा पर्छ भने दोस्रोमा रहेको काठमाडौँ प्रदेश नम्बर ३ मा र पाँचौँमा परेको रुपन्देही प्रदेश नम्बर ५ मा पर्छ।

बढी मतदाता भएका बाँकी पाँच जिल्लामध्ये छैटौँमा बारा, सातौँमा सर्लाही, आठौँमा नवलपरासी, नवौँमा धनुषा र १० औँमा कैलाली पर्छन्। यी मध्ये तीन जिल्ला बारा, सर्लाही र धनुषा प्रदेश नम्बर २ मा पर्छ। 
 

सबैभन्दा कम मतदाता भएका पाँच जिल्ला

आयोगका अनुसार सबैभन्दा कम मतदाता भएका पाँच जिल्ला यस्‍ता छन्- 

१) मनाङ कूल मतदाता संख्या ५०९५
२) मुस्ताङ कूल मतदाता संख्या ८२६३
३) डोल्पा कूल मतदाता संख्या १६७०३
४) हुम्ला कूल मतदाता संख्या २४५६२
५) मुगु कूल मतदाता संख्या २७४३५

कम मतदाता भएका पाँच जिल्लामध्ये मनाङ र मुस्ताङ प्रदेश ४ मा पर्छन् भने बाँकी जिल्ला प्रदेश ५ मा। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell