PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

अचम्म नमान्नुस्, आउँदैछ बिनापेट्रोल चल्ने 'सुपर बाइक'



पहिलोपोस्ट

अचम्म नमान्नुस्, आउँदैछ बिनापेट्रोल चल्ने 'सुपर बाइक'

बिना पेट्रोल चल्ने 'सुपर बाइक' हुन सक्छ? के तपाईँले यस्तो सोच्नुभएको छ?

लग्जरी कार बनाउने कम्पनी पोर्सले यस्तो बाइक बनाएर देखाएको छ। स्पेनिस डिजाइनर माग्युल ऐन्जल बारीले यस्तो बाइकको डिजाइन गरेका छन्। उनी यसलाई सडकमा ल्याउने अन्तिम तयारी गरिरहेका छन्। यस बाइकको नाम हो- पोर्स ६१८।

यो बाइक ९११ टर्बो, ९१८ र ९१९ को डिजाइनमा आधारित छ। बिजुलीबाट चल्ने यो बाइक पावर क्रुजर हुनेछ। यसलाई जसरी डिजाइन गरिएको छ त्यसबारे कसैले सपनामा पनि नसोचेका हुनसक्छन्। 

स्पिड र ब्याट्री 

बिजुलीबाट चल्ने धेरै किसिमका बाइक बजारमा आएका छन्। तर यो पहिलो त्यस्तो क्रुजर बाइक हुनेछ जुन २० किलोवाट प्रति घन्टाको ब्याट्रीबाट १६० पिएसको पावर दिनेछ। यसको तौल लगभग २२० केजी अनुमान गरिएको छ। यस बाइकलाई 'डुकाटी डियावल' जस्तै बनाइएको छ। यसको तौल करिब २१० किलो छ र पावर १६२ पिएस छ।


८ इन्चको टच स्क्रिन प्यानल
पोर्सको यस लग्जरी बाइकमा ८ इन्चको टच स्क्रिन प्यानल पनि जोडिएको छ। जसले बाइकको ३० डिग्री विजनलाई कभर गर्नेछ। यसका अतिरिक्त यसमा कन्सोल एन्ड्रोयड र आइओएस स्मार्ट डिभाइसेज-फ्रेन्डली रहेको छ। यस बाइकमा जिपिएस चार्जिङ प्वाइन्ट पनि हुनेछ। यसबाट वायरलेस मोबाइल चार्ज गर्न सकिन्छ।


क्रुजर बाइक लभर्सका लागि यो कुनै सपनाजस्तै हो। यसको स्पिड, लुक्स र स्टाइल एकदम युनिक छ। मुख्य कुरा यो बाइक पेट्रोलबिनै चल्छ। यसले पेट्रोल हाल्ने झन्झटबाट मुक्ति दिनेछ। तर यसमा दुई जना भने बस्न सक्दैनन्। यसमा ड्राइभ गर्ने व्यक्तिको लागि मात्रै सिट राखिएको छ।

कम्पनीले यस बाइकलाई दुई 'एस' र 'आरएस' भर्सनमा लन्च गर्ने योजना बनाएको छ। जसको लागि डिजाइनर माग्युल ऐन्जल बारी यी दुवै बाइक बनाउने काममा जुटेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell