PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेपाल–बेलायत जनस्तरमा सम्बन्ध प्रभावकारी बनाइनुपर्ने



काठमाडौँ : नेपाल–संयुक्त अधिराज्यबीच आर्थिक तथा जनस्तरको सम्बन्ध प्रभावकारी बनाउन एक कार्यक्रममा जोड दिइएको छ।
 
      नेपाल–संयुक्त अधिराज्यबीच दौत्य सम्बन्ध स्थापना भएको २०० औँ वर्षको पूर्वसन्ध्यामा नेपाल चेम्बर अफ कमर्सद्वारा आज यहाँ आयोजित अन्तत्र्रिmया कार्यक्रमका वक्ताले उक्त कुरामा जोड दिएका हुन् ।
 
      कार्यक्रममा नेपालस्थित बेलायतका कार्यबाहक राजदूत गाय हेरिसनले दुई मुलुकबीचको सम्बन्धलाई अझ विस्तार गर्न २०० वटा कार्यक्रम गरी दोस्रो शतवार्षिकीको अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए।
 
      उनले दुई मुलुकबीचको  विद्यमान व्यापार सन्तोषजनक नभएको परिप्रेक्ष्यमा दुवै मुलुकले आ–आफ्नो तर्फबाट गर्नुपर्ने कार्यमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
 
      नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले दौत्य सम्बन्ध स्थापना भएको दुईसय वर्ष पुगेको उपलक्ष्यमा उच्च स्तरीय भ्रमणको आदान प्रदान, व्यापार मेलामा सहभागिता गरी व्यापार घाटा घटाउनुपर्नेमा जोड दिए।
 
      उनले नेपालबाट मह, चिया, पस्मिना, हस्तकलाका वस्तुहरूको निर्यातको सम्भावना भएको बताउँदै बेलायतसँगको व्यापारघाटा कम गर्न नयाँ वस्तुहरूको पहिचान तथा बजारीकरणमा निजी क्षेत्रलाई सहयोग गर्न सरकारसँग आग्रह गरे।
 
      वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइरालाले दुई मुलुकबीच उद्योग, व्यापार तथा पर्यटन प्रवद्र्धनका साथै उच्चस्तरीय व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान हुनुपर्नेमा जोड दिए।
 
      परराष्ट्र मन्त्रालयका सहसचिव निर्मलराज काफ्लेले भियना कन्भेन्सन हुनुभन्दा एक वर्ष अगाडिनै संयुक्त अधिराज्यसँग दौत्य सम्बन्ध स्थापना हुनुले पनि दुई मुलुकबीचको प्रगाढतालाई झल्काउने बताउँदै दोस्रो शतवार्षिकी समारोह मनाउन परराष्ट्र सचिवको अध्यक्षतामा समिति गठन गरिएको जानकारी गराए।
 
      सो अवसरमा बेलायतका लागि नेपालका पूर्व राजदूतहरू प्रवल शम्शेर जबरा, डा. सिंहबहादुर बस्नेत, सूर्यप्रसाद श्रेष्ठलगायतले दुई मुलकबीच विद्यमान ऐतिहासिक सम्बन्ध र भविष्यमा गर्नुपर्ने कार्ययोजना, उद्योग, व्यापार र लगानीमा बढी केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए। -रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell