PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

रेडियो नेपालले आधुनिक सुविधासहितको प्रादेशिक प्रसारण आरम्भ गर्ने



पहिलोपोस्ट

रेडियो नेपालले आधुनिक सुविधासहितको प्रादेशिक प्रसारण आरम्भ गर्ने

काठमाडौँ : रेडियो नेपालले हरेक प्रदेशमा आधुनिक सुविधासहितको प्रसारण केन्द्र स्थापना गरी प्रादेशिक प्रशारण आरम्भ गर्ने भएको छ। 

रेडियो नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले रेडियो नेपालको क्षमता विस्तार गरेर आगामी भदौ १ गतेसम्ममा एफएम प्रविधिमार्फत सबै जनतासम्म प्रसारण पुर्‍याउने योजनासहित रेडियो नेपाल अघि बढिरहेको जानकारी दिए।

रेडियो नेपालले प्रादेशिक प्रशारण क्षमता बढाउने, नेपाल दूरसञ्चार कम्पनीलगायतका अन्य निकायसँग टावर र पावर सेयरिङ गर्ने, रेडियो संग्राहालय निर्माणको सम्भाव्यता अध्ययन सुरु गर्ने पनि जनाएको छ।

उनले प्रादेशिक संरचनाअनुसार प्रसारण केन्द्र स्थापना गरी ती प्रदेशमा बोलिने भाषाहरुमा समाचार तथा कार्यक्रम प्रसारण गर्ने योजना रहेको जानकारी दिए।

 

रेडियो नेपालका प्रवक्ता बुद्धिबहादुर केसीले रेडियो नेपालले आर्थिक वर्ष २०७३/७४ मा प्रसारण पहुँच नपुगेका रोल्पा, बन्दीपुर, गुल्मीको अर्जुनडाडा लगायतका स्थानमा नयाँ एफएफ ट्रान्समिटर स्थापना गर्ने जानकारी दिए।

 

रेडियो नेपालले प्रादेशिक प्रशारण क्षमता बढाउने, नेपाल दूरसञ्चार कम्पनीलगायतका अन्य निकायसँग टावर र पावर सेयरिङ गर्ने, रेडियो संग्राहालय निर्माणको सम्भाव्यता अध्ययन सुरु गर्ने पनि जनाएको छ ।

 

रेडियो प्रसारण लाइनको रुपमा भि–स्याटको स्तरन्नोति र एस.टि.एललगायतका प्राविधिक उपकरण खरिद गर्ने, इन्टरनेट रेडियो र एप्सको निर्माण गर्ने, रेडियो पहुँच विस्तारका लागि DRM प्रविधि मार्फत सञ्चालन हुने सर्टवेभ प्रविधिको सुरुवात गर्ने रेडियो नेपालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell