PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

ब्यालेन्स सकियो? धन्दा नमान्नुस्, टेलिकमले लोन दिँदैछ, बिना ब्याज र चार्ज



ब्यालेन्स सकियो? धन्दा नमान्नुस्, टेलिकमले लोन दिँदैछ, बिना ब्याज र चार्ज

काठमाडौं : नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए दुवै सेवामा ब्यालेन्स नहुँदा लोन दिने भएको छ।

नेपाल टेलिकम र हङकङस्थित टियाक्साको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टरबीच चैत ६ गते सेवा सम्बन्धी सम्झौता भएको नेपाल टेलिकमले जनाएको छ।

टेलिकमका ग्राहकलाई थप सेवा दिने उदेश्यले सिडिएमए तथा जिएसएम मोबाइलमा कुरा गर्दागर्दै ब्यालेन्स सकिएमा कुराकानी निरन्तर होस् भन्ने उद्देश्यले एयर-टाइम क्रेडिटको सुविधा उपलब्ध गराउन लागेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

यो सुविधा लिए वापत उपभोक्ताले ब्याज वा अतिरिक्त चार्ज तिर्नु पर्ने छैन।

ग्राहकले रिचार्ज गरेपछि अटोमेटिक रुपमा लोन रकम कम्पनीले फिर्ता लिने छ।

टियाक्सासँग गरिएको यो सम्झौता बढीमा ५ महिना भित्रै  सञ्चालन गर्ने सहमति भएको पनि विज्ञप्तिमा उल्लेख छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell