PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

नेपाललाई सुरुमै झड्का : कप्तान ज्ञानेन्द्र खाता नखोली आउट, सुनिल धमला १ रन बनाएर आउट



काठमाडौं : एसीसी इमर्जीङ टिम्स कप क्रिकेट अन्तर्गत बंगलादेश विरुद्ध २५८ रनको लक्ष्य पछ्याइरहेके नेपाललाई सुरुमै जड्का लागेको छ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्ल खाता नखोली आउट भएका छन् भने अर्का ओपनर सुनिल धमला पनि एक रनको व्यक्तिगत स्कोरमा आउट भएका छन्।

ज्ञानेन्द्रलाई दोस्रो ओभरको अन्तिम बलमा बंगलादेशका सइफउद्दिनले आउट गरे भने सुनिललाई पनि  सइफउद्दिनले नै छैटौं ओभरको दोस्रो बलमा आउट गरे।

नयाँ ब्याट्सम्यानका रुपमा यसै खेलमार्फत नेपाली सिनियर टिममा डेब्यु गरेका आसिफ शेख र दीलिप नाथ क्रिजमा छन्।

यो समाचार तयार पार्दासम्म नेपालले ६.४ ओभरको समाप्तीमा २ विकेट गुमाएर १६ रन बनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell