PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चुनावी रणनीति बनाउँदै फोरम लोकतान्त्रिक, मोर्चाझैं गैरजिम्मेवार नहुने गच्छदारको ब्रिफिङ



रमेश वाग्ले

चुनावी रणनीति बनाउँदै फोरम लोकतान्त्रिक, मोर्चाझैं गैरजिम्मेवार नहुने गच्छदारको ब्रिफिङ
फाइल फोटो

काठमाडौं : मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले २० वर्षपछि हुन लागेको स्थानीय चुनावलाई उपयोग गरेर जाने रणनीतिमा छलफल सुरु गरेको छ।

मधेस केन्द्रित दल सम्मिलित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय चुनाव बहिष्कार गर्ने र असफल बनाउने उद्घोष गरिरहेका बेला मधेस केन्द्रित राजनीतिमै रहेको फोरम लोकतान्त्रिकले यस्तो रणनीति निर्माण गरेको हो।

निर्वाचनकै रणनीति बनाउन फोरम लोकतान्त्रिकको कार्यसम्पादन समितिको बैठक हिजोदेखि तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसिरहेको छ।

बैठकको सुरुवातमा अध्यक्ष विजयकुमा गच्छदारले राजनीतिक पृष्ठभूमि र चुनावको अपरिहार्यताका विषयमा पार्टीमा धारणा राख्दै लोकतन्त्रिक मूल्यमान्यता बोकेका कसैले पनि चुनावलाई इन्कार गर्न नहुने भन्दै मधेसी मोर्चाले गैरजिम्मेवार भूमिका खेलिरहेको टिप्पणी गरेका थिए। 'संविधान मधेस र मधेसी जनताका अपेक्षा अनुरुप नबनेको सत्य हो तर, मोर्चाले त्यसलाई सच्याउनेभन्दा पनि खारेज गर्ने भन्दै जलाउदै हिँडेर गैरजिम्मेवार भूमिका खेलिरहेको छ,' बैठकमा अध्यक्षको भनाइ उदृत गर्दै प्रमुख सचेतक योगेन्द्र चौधरीले भने, 'अहिले पनि न त संविधानको पूर्ण संशोधन सम्भव देखिएको छ न त चुनावलाई बहिष्कार गरेर जान सक्ने अवस्था नै देखिन्छ।' आफ्नै रणनीतिका कारण मोर्चा अप्ठेरोमा रहेको भन्दै गच्छदारले फोरम लोकतान्त्रिका नेता/कार्यकर्ता त्यसबाट भ्रमित हुन नहुने बताए।

२० वर्षमा बल्लबल्ल हुन लागेको स्थानीय चुनावलाई उपयोग गरेर जाने रणनीति अपनाउनुपर्नेमा पनि उनले बैठकमा जोड दिएका छन्। त्यसका लागि वातावरण निर्माण भन्दै उनले संविधानको संशोधन अगाडि नै गर्न र मधेसी जनतलाई अधिकार सम्पन्न बनाउनुपर्ने भनाइ राखे। उनले स्थानीय चुनाव नजिकिँदै गर्दा पूरै देश निर्वाचनमय भइसकेको भन्दै चुनावको विपक्षमा जानेहरु आफैँ कमजोर हुने बताए।

'अब चुनावमा कहाँ कसरी जित्न सकिन्छ र सबैभन्दा बलियो कुन उम्मेदवार हुन्छ भनेर तपाईंहरुले आ-आफ्ना ठाउँबाट सिफारिस ग्नुपर्ने हुन्छ र त्यो उम्मेदवारलाई जिताउनुपर्ने हुन्छ,' गच्छदारले भने, 'त्यसका लागि बैठक सकिएपछि तपाईंहरुले गाउँ गाउँमा गएर काम गर्नुपर्ने हुन्छ।'

स्थानीय तह निर्वाचनमा भाग नलिने र चुनाव हुन पनि नदिने भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन घोषणा गरेका बेला मधेसमै राजनीति गरिरहेको सशक्त दलको रणनीतिले पूरै मधेसको राजनीतिलाई तरंगित बनाइदिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell