PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भारतलाई टेष्ट सिरिज, निर्णायक खेलमा अष्ट्रेलिया ८ विकेटले पराजित



भारतलाई टेष्ट सिरिज, निर्णायक खेलमा अष्ट्रेलिया ८ विकेटले पराजित

भारतले अष्ट्रेलिया विरुद्धको ४ खेलको टेष्ट सिरिज २-१ ले जितेको छ।
धर्मशालमा भएको चौथो तथा निर्णायक टेष्ट ८ विके६ले जित्दै भारतले बोर्डर गावास्कर ट्रफी आफ्नो पक्षमा पारेको हो।

दोस्रो इनिङ्समा अष्ट्रेलियाले दिएको १०६ रनको समान्य लक्ष्य भारतले चौथो दिन २३.५ ओभर खेल्दै २ विकेट गुमाएर पुरा गरेको हो।

विना क्षती १९ रन (लोकेश राहुल १३, मुरली विजय ६) बाट चौथो दिनको खेल शुरुवात गरेको भारतका लागि लोकेश राहुलले अर्धशतक बनाए। उनले नटआउट ५१ रन बनाए।

यस्तै चोटका कारण नियममित कप्तान विराट कोहलीको स्थानमा कप्तानी गरेका अजिन्का रहानेले नटआउट ४८ रन जोडे।

विजय भने ८ रन बनाएर आउट भए। चेतेश्वर पुजाराले खाता खोल्न सकेनन्। उनलाई ग्लेन म्याक्सवेलले रनआउट गरे।

टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो इनिङ्समा ३ सय रन बनाएको थियो भने भारतले ३ सय ३२ रन बनायो। दोस्रो इनिङ्समा भने अष्ट्रेलियाले १ सय ३७ रन मात्र बनाउन सक्यो।

४ विकेट लिएका भारतका रविन्द्र जडेजा 'प्लेयर अफ दी म्याच' घोषित भए। यस्तै सिरिज भर २३ विकेट लिन सफल जडेजा नै 'प्लेयर अफ दी सिरिज' चुनिए।

कप्तान विराट कोहलीको स्थानमा यसै खेलमार्फत टेष्ट क्रिकेटमा भारतका कुलदिप यादवले डेब्यु गरे। उनले पहिलो इनिङ्समा अष्ट्रेलियाको ४ विकेट समेत लिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell