PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नझुक्किनुस्, यो चीन हैन, नेपालको दृश्य हो

नझुक्किनुस्, यो चीन हैन, नेपालको दृश्य हो


माथि देखिएका चिनियाँ अक्षर र चिनियाँ कर्मचारीहरुका कारण झट्ट हेर्दा तपाईँलाई यो दृश्य चीनकै कुनै ठाउँको हो कि जस्तो लाग्न सक्छ। तर ध्यान दिएर हेर्नुस्, यो चीन हैन नेपालको दृश्य हो। 

माथिल्लो मर्स्याङ्दी ए जलविद्युत आयोजनाको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) को दृश्य हो यो। र यहाँ काम गर्नेहरु चिनियाँ प्राविधिक हुन्।

सिनो हाइड्रोकाअनुसार यो परियोजनाका लागि अब १६ अर्ब ४० करोडभन्दा बढी खर्च भएको छ । परियोजनामा ३० प्रतिशत स्वपुँजीबाट जुटाइएको छ भने बाँकी ७० प्रतिशत रकम ऋणबाट उठाइएको छ।चीनको सिनो हाइड्रो रिसोर्सेसको ९० प्रतिशत तथा नेपाली साझेदार सगरमाथा पावर कम्पनीको १० प्रतिशत लगानी रहने गरी २०६९ माघमा माथिल्लो मस्याङ्दी ए जलविद्युत आयोजना सुरु भएको हो।

लमजुङको भुलभुले गाविसमा निर्माण गरिएको माथिल्लो मर्स्याङ्दी–ए जलविद्युत् आयोजना मुलुककै इतिहासमा सबैभन्दा छिटो निर्माण सम्पन्न भएको ५० मेगावाट क्षमताको आयोजना हो।  तस्बिर : सन्देश पौडेल, रासस

सम्बन्धित समाचार
१६ अर्बको प्रोजेक्ट जसलाई रोक्न सकेन भूकम्प र नाकाबन्दीले


ट्रेन्डिङ पोस्ट

Ncell