PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

विदेशमा पढ्न चाहनेका लागि मोबाइल एप सार्वजनिक



पहिलोपोस्ट

विदेशमा पढ्न चाहनेका लागि मोबाइल एप सार्वजनिक

काठमाडौं: नेपाल तथा विदेशका विभिन्न विश्वविद्यालयहरु तथा तिनमा रहेका विभिन्न कोर्सहरु¸छात्रवृत्तिहरु सँगै आवेदन दिने विभिन्न प्रकृयाहरुको बारेमा जानकारी दिने मोबाइल एप सार्वजनिक भएको छ। सोसियल इनोभेसन हब विकास उद्यमीले ‘पढ्न जाने’ नामक सो मोबाइल एप्लिकेसन सार्वजनिक गरेको हो। 

शुक्रबार ललितपूरमा एक कार्यक्रम आयोजना गरी एप बारे जानकारी दिइयो। अष्ट्रेलियाको लागि नेपाली राजदूत लक्की शेर्पा,  खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेल र गेट कलेजका सिइओ खेम लकाईले पढ्न जाने एप्लिकेशन औपचारिक सुरुवात गरे। 

एन्ड्रोइड मोबाइलको गुगल प्ले स्टोरमा वा तथा वेबएपमार्फत सिधैं एप डाउनलोड गर्न सकिने बताइयो।
 
एप्लिकेसन प्रकृया¸ विदेश जान चाहिन सामाग्रीहरू तथा विदेशमा बस्दा विचार पुर्‍याउनुपर्ने कुराहरूको बारेमा पनि यसले जानकारी दिने दाबी छ। डेभलपरका अनुसार सर्च ईन्जिनको सुविधामार्फत ४०० भन्दा धेरै स्कुल¸ १००० कलेजहरु¸ ४०० युनिभर्सिटीहरु र १६०० भन्दा धेरै फन्डिङ अवसरहरुबाट छानेर त्यहाँको डिग्री¸ विषय¸ लोकेसन¸ तिर्नुपर्ने पैसा¸ पुर्याउनुपर्ने सर्तहरू तथा डेडलाइनको आधारमा फिल्टर गर्न सकिन्छ। 
बिकास उद्यमीले यो एप्लिकेसन युवाहरुबाट भर्खरै सुरु भएको ‘टेककुञ्ज’ आईटी कम्पनीसँगको सहकार्यमा विकास गरेको हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell