PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बेइजिङमा चल्दैछ चालकविहीन रेल



बेइजिङमा चल्दैछ चालकविहीन रेल

बेङजिङ : बेइजिङमा यसै वर्ष चालकरहितको रेल चलाउने तयारी भइरहेको स्थानीय अधिकारीहरुले शुक्रबार बताएका छन्।

स्वदेशमै निर्माण गरिएको पूर्णसुविधा सम्पन्न चालकविहिन रेल चीनका मुख्य मुख्य ठाउँमा चलाउने तयारी भइरहेको बेइजिङको गाउँसहर विकास आयोगका एक जना प्रवक्ताले जानकारी दिए।

बेइजिङको १६.६ किलोमिटर यानफाङ लाइनमा यस्तो प्रकारको रेल चलाउने गरी काम भइरहेको उनले बताए। मध्यम गतिको र आधुनिक रेल सञ्चालनका लागि सन् २०१७ भित्रमा सबै तयारी पूरा भई सञ्चालनमा आइसक्ने अनुमान गरिएको छ। -रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell