PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

काठमाडौँमा मात्र हैन, ट्विटर-फेसबुक पनि बर्सियो असिना



काठमाडौँमा मात्र हैन, ट्विटर-फेसबुक पनि बर्सियो असिना

काठमाडौँ : शुक्रबार राति काठमाडौँमा मेघ गर्जनसहित असिना पानी बर्सियो। स्थानीय वायुको प्रभावका कारण लामो समयदेखि विकास भएको प्रणालीले बदलीसँगै असिना र वर्षा गराएको मौसमविद् समीर श्रेष्ठले बताए।

उनका अनुसार काठमाडौँ उपत्यकाको उत्तरतर्फको भेगमा भारी असिना वर्षात् भएको छ। यो केही समय रोकिए पनि बदली रातभर रहनेछ । खासगरी देशका मध्य र पश्चिमी पहाडी भेगमा बदली रहने मौसमविद् श्रेष्ठको भनाइ छ। 

स्थानीय वायुको प्रभावका कारण असिनासहितको वर्षात् भएको र यो प्रणाली उत्तरबाट दक्षिणतर्फ झर्दै गरेकाले सोको असर देखिएको हो ।

करिब १५ मिनेट बर्सिएको असिना पानीले सोसल मिडिया पनि छपक्कै भयो। 

हेर्नुस् ट्विटर र फेसबुकमा बर्सिएको असिनाका केही नमूना



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell