PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कालिमाटीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु



कालिमाटीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ : शुक्रबार अपराह्न ५ बजे टेकुबाट कालिमाटीतर्फ आउँदै गरेको बसले स्कुटरलाई ठक्कर दिँदा घाइते भएका स्कुटर चालकको मृत्यु भएको छ।

बा २ ख १९८१ नम्बरको बसले सोही दिशातर्फ आउँदै गरेको बा ३५ प ३५७६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा बझाङ, भैरवनाथ २ बस्ने अन्दाजी २६/२७ वर्षका शंकर विकको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका विकलाई साँझ साढे ७ बजे  वीर अस्पतालले मृत घोषित गरेको हो। दुर्घटनामा संलग्न सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell