PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

चौथो नयाँ बजार खुला राष्ट्रिय पुरुष भलिबल चैतको अन्तिम साता



चौथो नयाँ बजार खुला राष्ट्रिय पुरुष भलिबल चैतको अन्तिम साता


काठमाडौं : नयाँ बजार सामाजिक युवा क्लबको आयोजनामा चौथो नयाँ बजार खुला राष्ट्रिय पुरुष भलिबल चैतको अन्तिम सातादेखी हुने भएको छ। शुक्रबार क्लबले पत्रकार सम्मेलनलको आयोजना गर्दै चैत २३ देखि २६ सम्म हुने  जानकारी गराएको हो। 

लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताका खेल नयाँ बजार टाउन प्लानिङस्थित सोसिएल ग्राउन्डमा सञ्चालन हुनेछन्।

यस सस्करणमा तीन विभागीय टिमसँगै, भारतिय खेलाडी सम्मिलित मोफसलको क्लब र काठमाडौंको क्लबको सहभागीता रहने प्रतियोगिता संयोजक पदम कुमार श्रेष्ठले जानकारी दिए। 

जसअन्तर्गत नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी बलको एपीएफ, आयोजक नयाँ बजार युवा क्लब, जाउलाखेल क्लब, स्याङ्जाको आधिखोला भलिबल क्लब, हेल्प नेपाल र ढोरपाटन क्लबको सहभागीता छन्।

प्रतियोगितामा सहभागी क्लबले नेपाल भलिबल संघको नियम अनुसार चार मात्र विदेशी खेलाडी सेटमा खेलाउन पाउने प्रावीधीक संयोजक एवम् राष्ट्रिय रेफ्री विकास गुरुङले बताए।

यस्तै क्लबका अध्यक्ष भगवान थापाका अनुसार यसपटक कुल पुरस्कार राशीमा २५ प्रतिशतले वृद्धि समेत गरिएको छ। प्रतियोगिताको विजेताले एक लाख ७५ हजार एक सय एघार रुपैयाँ,उपविजेताले ९० हजार एक सय ११ रुपैयाँ ,तेस्रो हुनेले ५१ हजार १ सय एघार र चौथोले २५ हजार १ सय एघार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

यस्तै बेस्ट प्लेयर तथा विधागततर्फ उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकलाई पनि पुरस्कृत गरिने आयोजकले बताएको छ।

गत वर्ष नेपाल पुलिसले आधिखोला स्पोट्र्स क्लबलाई हराउँदै उपाधि जितेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell