PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सेजसम्बन्धी नियमावली तयार गर्न निर्देशन



पहिलोपोस्ट

काठमाडौँ : व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समितिले औद्योगिक व्यवसाय ऐन र विशेष आर्थिक क्षेत्रसम्बन्धी ऐनअन्तर्गत हुनुपर्ने नियमावली चाँडो तयार गरी कार्यान्वयन गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले विशेष आर्थिक क्षेत्र ऐन (सेज) अन्तर्गत स्थापना भइसकेका भैरहवा विशेष आर्थिक क्षेत्र र स्थापनाका क्रममा रहेका अन्य क्षेत्रमा विद्युत् उपलब्ध गराउने कार्यमा ऊर्जा र उद्योग मन्त्रालयलाई समन्वय गरेर अगाडि बढ्न बैठकले निर्देशन दिएको समितिका सभापति भीष्मराज आङ्देम्बेले जानकारी दिए।

बैठकले उद्योगी व्यवसायीलाई प्रदान गरिने सेवा सुविधालाई एकल बिन्दुमार्फत उपलब्ध गराउने ऐनको प्रावधानअनुसार नियमावली बनाउन उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ। सभापति आङ्देम्बेले उद्योगलाई प्रदान गरिने कर छुटका विषयलाई पनि नियमावलीमा स्पष्ट पार्न भनिएको जानकारी दिए। बैठकमा सहभागी संसद्ले ऐनअनुसार नियमावली तयार गर्न माग गरेका थिए।

बैठकमा सहभागी उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले व्यवस्थापिका–संसद्बाट पारित ऐनअनुसार चाँडो नियमावली तयारीको अन्तिम चरणमा पुगेको जानकारी दिए। उद्योग सचिव शङ्करप्रसाद कोइरालाले काठमाडौँमा सम्पन्न लगानी सम्मेलनले मुलुकमा अन्तर्राष्ट्रिय लगानीको वातावरण बनाएको जिकिर गर्दै सो क्रममा आएका प्रतिबद्धतालाई कार्यान्वयनमा लगिने बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell