PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

गृहमन्त्री र चिनियाँ रक्षामन्त्रीबीच भेट, सुरक्षा प्रबन्धका विषय अझ राम्रो बनाएर लैजाने सहमति



पहिलोपोस्ट

काठमाडौँ : उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच आज भएको भेटवार्तामा दुई देशबीच आर्थिक विकास तथा समृद्धि, द्विपक्षीय विकासका आयाम र सुरक्षा प्रबन्धका विषय अझ राम्रो बनाएर लैजाने विषयमा सहमति भएको छ।

गृहमन्त्रालयमा भएको भेटमा दुई देशबीच सडकको सञ्जालको विकासमार्फत आबद्धता बढाउने तथा सुरक्षा निकायको क्षमता अभिवृद्धि विषयमा छलफल केन्द्रित भएको गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले जानकारी दिए।

सुरक्षा प्रबन्ध मिलाउँदा सीमावर्ती क्षेत्रमा आवश्यक पर्ने सूचना दुई देशबीच आदानप्रदान गर्ने तथा चीन सरकारको सहयोगमा निर्माणाधीन सशस्त्र प्रहरी बलको तालिम केन्द्रलाई आवश्यक पर्ने थप स्रोत, सामग्री र ज्ञानका लागि चीन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाइएको थियो। तातोपानी नाकालाई खोल्न नेपालले चीन सरकारसँग निरन्तर आग्रह गरिरहेको र आजको भेटमा समेत सो विषयमा छलफल भएको उनले जानकारी दिए।

रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणमा नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका जनरल चाङ बिहीबार नेपाल भ्रमणमा आएका थिए। उनले प्रधानमन्त्री र रक्षामन्त्रीसँग बिहीबार भेटवार्ता गरेका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell