PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

तीनकुनेमा दुई पल्सर जुध्दा १९ वर्षीय चालकको मृत्यु, तीन घाइते



तीनकुनेमा दुई पल्सर जुध्दा १९ वर्षीय चालकको मृत्यु, तीन घाइते
प्रतीकात्मक फोटो

काठमाडौँ : शुक्रबार दिउँसो ३ बजे तीनकुनेमा दुई वटा पल्सर मोटरसाइकल जुध्दा एक मोटरसाइकल चालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। 

कोटेश्वरबाट नयाँ बानेश्वरतर्फ आउँदै गरेको बा ५३ प ५४२६ र बा ६० प ९४९६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर हुँदा दुर्घटना भएको हो।

मत्यु हुनेमा बा ६० प ९४९६ नम्बरको मोटरसाइकलका चालक भारत घर भई हाल काठमाडौँ सोल्टी मोड बस्ने १९ वर्षीय भत्सल रहेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

घाइतेहरु आस्मा सिंह, सुमन कडरिया र शुभेक्षा खत्रीको उपचार भइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell