PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

राष्ट्रपतिले गरिन् दुई विधेयक प्रमाणीकरण



पहिलोपोस्ट

राष्ट्रपतिले गरिन् दुई विधेयक प्रमाणीकरण

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन क्षेत्र निर्धारण विधेयक र गाउँपालिका तथा नगरपालिकाको वडा निर्धारण विधेयक प्रमाणिकरण गरेकी छिन्। राष्ट्रपतिले प्रमाणिकरण गरेसँगै यसले कानुनको रुप लिएको छ। गत चैत ७ गतेको संसद बैठकले दुवै विधेयक पारित गरेको हो। 

नयाँ संविधान अनुसार निर्वाचन क्षेत्र निर्धारण आयोगले अब २ सय ४० निर्वाचन क्षेत्रलाइ १ सय ६५ मा झार्नेछ। त्यस्तै प्रदेशमा ३ सय ३० निर्वाचन क्षेत्रको सीमा तोक्नेछ। गाउँपालिका तथा नगरपालिकाको वडा निर्धारणको कानुन भने नयाँ ७ सय ४४ स्थानीय तहको वडाहरुलाई कानुनी हैसियत दिलाउन ल्याइएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell