PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बाइस लाख नागरिकलाई सामजिक सुरक्षा भत्ता



पहिलोपोस्ट

काठमाडौँ : सरकारले आव २०७२/७३ मा २२ लाख ६५ हजार ५३५ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको पञ्जीकरण विभागले ज्येष्ठ नागरिक, एकल महिला, अपाङ र बालबालिकालाई रु ३२ अर्ब ६९ करोड ९९ लाख वितरण गरेको छ। उक्त सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो। विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीका अनुसार चौमासिक रुपमा सो भत्ता विभागले स्थानीय तहको वडा कार्यालयमार्फत वितरण गरेको हो।

सरकारले ज्येष्ठ नागरिक, एकल महिला र विधवालाई एक हजार, पूर्ण आपङ्गता र लोपोन्मुख आदिवासीलाई दुई हजार, आंशिक आपङ्गतालाई ६ सय र बालबालिकालाई चार सय दिँदै आएको छ। अन्तिम चौमासिकको चैत, वैशाख जेठ र असारको सामाजिक भत्ता वितरण गर्न बाँकी रहेको छ। अर्थमन्त्रालयबाट एक अर्ब रकम आउन बाँकी रहेको सुवेदीले बताए। विभागले आव २०७१/७२ मा २१ लाख ६० हजार ५७६ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो।

मनमोहन अधिकारी प्रधानमन्त्री भएका बखत २०५२ साल साउन १ गतदेखि ज्येष्ठ नागरिक र एक महिलालाई सामाजिक भत्ता विवरण गर्ने कार्य सुरु गरिएको हो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell