PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

स्थानीय निर्वाचन : १७ भाषामा प्रचार सामग्रीको तयारी



स्थानीय निर्वाचन : १७ भाषामा प्रचार सामग्रीको तयारी

काठमाडौँ : निर्वाचन आयोगले स्थानीय चुनावका लागि १७ भाषामा पाँच प्रकारका प्रचार सामग्री प्रयोग गर्ने भएको छ। हिजो बसेको आयोग बैठकले यस्तो निर्णय गरेको हो।

आयोगले तयार पारेका प्रचार सामग्री मध्ये हाते पुस्तिका नेपाली र अंग्रेजी भाषामा छापिने छ भने बारम्बार सोधिने प्रश्नहरु र पोस्टर भने १७ भाषामा प्रकाशित हुने छन्। 

'स्थानीय चुनाव भएकाले स्थानीय भाषा नै महत्वपूर्ण हुन्छ,  त्यसैले स्थानीय तहमा त्यहीको भाषामा प्रचार सामग्री पनि तयार पार्न र प्रचार गर्न लागिएको हो,' निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले भने, 'निर्वाचन आयोले हिजो निर्णय गरेको छ, अब हामी चाँडै यसलाई प्रकाशनमा पठाउँछौँ।'

त्यसबाहेक आयोगले  प्रचार सामग्रीका रुपमा निर्वाचन शिक्षा कार्यकर्ताका लागि हाते पुस्तिका पनि प्रकाशन गर्ने निर्णय गरेको छ। 
'निर्वाचन शिक्षासम्बन्धी हाते पुस्तिका पढिसकेपछि निर्वाचन शिक्षाका लागि खटिने स्वयंसेवकले राम्ररी अरुलाई निर्वाचनका विषयमा पढाउन र बुझाउन सक्छ' अर्यालले भने। 

निर्वाचन आयोगले आगामी चैत २८ देखि मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने तयारी गरेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell