PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दोस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन अप्रिल २५ मा हुने, विजेतालाई १ लाख



दोस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन अप्रिल २५ मा हुने, विजेतालाई १ लाख

काठमाडौं : दोस्रो टान अन्तराष्ट्रिय लाङटाङ म्याराथन अप्रिल २५ मा हुने भएको छ। ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) ले पहिलो संस्करणमा हाफ म्याराथन आयोजना गरेको थियो।

तर दोस्रो संस्करमा टानले अन्तराष्ट्रियकरण गर्दै ४२.१९५ कि.मी. म्याराथनको आयोजना गर्न लागेको हो। भुकम्पकोपछि पनि लाङटाङलाई सुरक्षित छ भन्ने सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाह गर्न म्याराथनको आयोजक गर्न लागेको टानका अध्यक्ष चन्द्रप्रसाद रिजालले जनाए। 

म्याराथनमा सहभागिताका लागि आवेदन खुला गरिएको आयोजकले जनाएको छ। म्याराथनमा सहभागी हुन चाहने नेपाली धावकले १ हजार ७ सय र विदेशी धावकले ५५ सय रुपैया सहित नाम दर्ता गर्न सक्नेछन। 

म्याराथनका महिला र पुरुष दुर्व तर्फका विजेताले नगद १ लाख पाउनेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः ७५ र ५० हजार हात पार्नेछन्। 

म्याराथन लाङटाङ राष्ट्रिय निकुञ्चको क्यानजिङ गुम्बाबाट सुरु भई थाङस्याप घोडा तबेला हुदै स्याब्र्रुबेसीमा गई टुंगिने आयोजकले जनाएको छ। 

प्रतियोगितामा नेपालसँगै २० देशका धावकहरुको सहभागिता रहने आयोजकले विश्वास लिएको त्यस्तै म्याराथन आयोजना सम्पन्न गर्न करिब २२ लाख खर्च लाग्ने टानका महासचिव कर्ण लामाले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell