PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'बाहुबली २'को अर्को रेकर्ड



पहिलोपोस्ट

'बाहुबली २'को अर्को रेकर्ड

साउथ इन्डियन सुपर हिट फिल्म बाहुबलीको बहुप्रतिक्षित सिक्वेल बाहुबली: द कलक्लुजनले रिलिज अगावै रेकर्ड बनाउन सुरु गरेको छ। प्रदर्शनमा आउनु अघि पाँच सय करोडको व्यवसाय पक्का गरेको भन्दै चर्चामा रहेको फिल्मले पुन: नयाँ रेकर्ड बनाएको छ।

बाहुबली २ भारत भित्र मात्र एकसाथ छ हजार पाँच सय स्क्रिनमा प्रदर्शन हुने भएको हो।  बलिउडको इतिहासमा पहिलोपटक एउटै फिल्मले छ हजार बढी पर्दा पाएको हो।

यसअघि सलमान खान अभिनित फिल्म सुल्तानको थिएटरिकल रिलिजमा बनाएको रेकर्ड बाहुबलीको सिक्वेलले तोडेको हो। सुल्तान इन्डिया भर चार हजार तीन सय थिएटरबाट प्रदर्शनमा आएको थियो।

फिल्म हिन्दी, टेलिगु, तामिल र मलायलम गरी चार भाषामा डब भएको छ। फिल्मले धेरै शो पाउनुको मुख्य कारण धेरै भाषामा फिल्म सार्वजनिक हुनुलाई मान्न सकिन्छ।

फस्टपोस्टका अनुसार फिल्मको अडियो रिलिज मार्च २६मा हुँदैछ। एसएस राजामौली निर्देशित फिल्म बाहुबली: द कनक्लुजनमा  प्रभास, राणा डग्गुबति, तमन्ना भाटिया, अनुश्का सेट्ठी र साथराजको मुख्य अभिनय रहेको छ। फिल्म अप्रिल २८ बाट विश्वभर सार्वजनिक हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell