PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

महोत्तरी जिल्ला समन्वय समिति र जलेश्वर नगरपालिकामा मधेसी मोर्चाको तालाबन्दी



पहिलोपोस्ट

महोत्तरी जिल्ला समन्वय समिति र जलेश्वर नगरपालिकामा मधेसी मोर्चाको तालाबन्दी

गौशाला : सरकारले गरेको नयाँ स्थानीय पुनःसंरचनाको विरोध गर्दै आएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज जिल्ला समन्वय समिति महोत्तरी र जलेश्वर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्।

आज दिउँसो करिब ११ बजे जिल्ला समन्वय समिति र जलेश्वर नगरपालिकाको कार्यालयमा पुगेका मोर्चाका नेता तथा कार्यकर्ताले त्यहाँ कार्यरत कर्मचारीलाई बाहिर निकालेर कार्यालयका मूलढोकामा तालाबन्दी गरेका छन्।

जिल्ला समन्वय समितिको ठाउँमा जिल्ला विकास समिति लेखिनुपर्ने तथा जिविस र नगरपालिकाबाट सरकारले पुनःनिर्माण गरेको स्थानीय निकायको संरचनाअनुसार कुनै पनि काम हुन नदिने भन्दै जिविस महोत्तरी र जलेश्वर नगरपालिकामा तालाबन्दी गरिएको मोर्चाका संयोजक रामनरेश रायले बताए।

तालाबन्दीका कारण जिविस महोत्तरी र जलेश्वर नगरपालिकाका कामकाज पूर्ण रुपमा ठप्प भएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell