PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

धनुषामा पेस्तोलसहित दुई भारतीय पक्राउ



पहिलोपोस्ट

धनुषामा पेस्तोलसहित दुई भारतीय पक्राउ

धनुषा : धनुषा प्रहरीले नलकटुवा पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।

बिहीबार प्रहरीले गणेशमान चारनाथ–९ लवटोलीबाट भारत मधुवन बिहार बस्ने २६ वर्षीय शत्रुघन यादव र २५ वर्षीय रविन्द्र यादवलाई पक्राउ गरेको हो।

प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरी टोलीले उनीहरु सवार विआर ३२ के १६९५ नम्वरको मोटरसाइकल चेकजाँच गर्दा उक्त पेस्तोल र गोली बरामद गरेको हो।  

हतियारसहित पक्राउ परेका उनीहरुलाई हिरासतमा राखी हातहतियार खराजाना ऐनअन्तर्गतको मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell