PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

फ्राइडे रिलिज: निखिल उप्रेती र दयाहाङ राईको पर्दामा भिडन्त



पहिलोपोस्ट

फ्राइडे रिलिज: निखिल उप्रेती र दयाहाङ राईको पर्दामा भिडन्त

काठमाडौं: यो हप्ता फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली फिल्म रहेका छन्। फिल्म 'लप्पन छप्पन' र 'निर्भय' आजबाट देशभर प्रदर्शनमा आएका हुन्।

मुकुन्द भट्ट निर्देशित सस्पेन्स ड्रामा हो लप्पन छप्पन। फिल्मले ग्याङ्स्टरको कथा बोल्छ। जहाँ पात्रहरु धैरै पैसा कमाउने होडमा हुन्छन्। ७५ प्रतिशत छायांकन युरोपमा गरिएको फिल्मले विदेशी जीवनशैलीमा ढलेका नेपाली युवाहरुलाई प्रस्तुत गरेको छ।

यो एक्शन, सस्पेन्स फिल्ममा वर्षा शिवाकोटी, दयहाङ राई, सौगात मल्ल, अर्पण थापा, देवु श्रेष्ठ लगायतको मुख्य अभिनय रहेको छ।
गोल्डेन हिल्स पिक्चर्स र बासुलिङ फिल्म्सको प्रस्तुती रहेको फिल्मले मल्टिप्लेक्स साथै सिंगल थिएटर दुबैमा शो पाएको छ।

निखिल उप्रेती स्टारर फिल्म 'निर्भय' पनि एक्शन जानराको फिल्म हो। देशभक्ती कथा बोल्ने फिल्ममा निता ढुङ्गाना निखिलको अपोजिटमा छिन्।

देवी प्रसाद पाण्डेको निर्माणमा बनेको फिल्ममा प्रज्वल गिरी, विकास चापागाईं, सुशिल पोखरेलको पनि अभिनय रहेको छ। मधुसुदन भट्टराई निर्देशित फिल्मले सिंगल थिएटरमा मात्र शो पाएको छ।

बलिउडतर्फबाट यो हप्ता कुनै पनि फिल्म नेपाल रिलिज भएको छैन।

मल्टिप्लेक्समा हलिउड फिल्म 'ब्युटी एण्ड द बिस्ट' प्रदर्शन भएको छ। बिल कोनडोनको निर्देशन रहेको म्युजिकल रोमान्टिक फ्यानटासी जानराको फिल्म हो।

डेभिड होबरम्यान र टोड लाइबरम्यानको निर्माण रहेको फिल्ममा एम्मा वाटसन, दान स्टेभेन, लुक इभान्स, केभिन क्लाइन, जोश ग्याड आदीको अभिनय छ।

सिंगल स्क्रिन साथै मल्टिप्लेक्समा चार साता अघि प्रदर्शनमा आएको फिल्म लुट टू, गतहप्ताबाट रिलिज भएको दर्पणछायाँ २ र यो साइनो मायाको अझै प्रदर्शनरत छ। त्यस्तै बलिउडका लागि हम्प्टी शर्माकी दुल्हनिया, कमान्डो टु र हलिउड फिल्म कोङ: स्कूल आइल्यान्डको पनि केही हलमा शो बाँकी छन्।l 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell