PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

विश्वकप छनोट : जापान, साउदी अरेविया, इरान र चीन विजयी, अष्ट्रेलिया बराबरीमा रोकियो



विश्वकप छनोट : जापान, साउदी अरेविया, इरान र चीन विजयी, अष्ट्रेलिया बराबरीमा रोकियो

सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलको एसियन छनोटअन्तर्गत बिहीबार भएको खेलमा जापान, साउदी अरेविया, इरान र चीन विजयी भएका छन् भने अष्ट्रेलिया इराकसँग बराबरीमा रोकिएको छ।

एसियन जोनको तेस्रो चरणको छनोटअन्तर्गत समूह ए को खेलमा इरानले कतारलाई १-०, चीनले दक्षिण कोरियालाई तथा सिरियाले उज्वेकिस्तानलाई १-० ले नै पराजित गरेको छ।

समूह बी अन्तर्गत जापानले युएईलाई २-० तथा साउदी अरेवियाले थाइल्याण्डलाई ३-० ले हराएको छ भने अष्ट्रेलिया र इराकले १-१ गोलको बराबरी खेलेका छन्।

बिहीबारको खेलपछि समूह ए मा इरान १४ अंकका साथ शीर्ष स्थानमा छ भने कोरिया हारका बावजुत पनि १० अंकका साथ दोस्रो स्थानमा छ। 
यता समूह बी मा साउदी अरेविया र जापान समान १३ अंकका साथ क्रमशः पहिलो र दोस्रो स्थानमा छ भने अष्ट्रेलिया १० अंकका साथ तेस्रोमा छ।

दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने टिम सिधै विश्वकपमा छनोट हुनेछन् भने तेस्रो हुने टोलीले प्लेअफ खेल्नुपर्नेछ। त्यसबाट विजयी हुने टिमले अर्को महादेशको टिमसँग प्लेअफ खेल्नुपर्ने हुन्छ।

तेस्रो चरणमा सबै टीमले ६ खेल खेलेपछि अंक तालिका यस्तो छ।




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell