PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विश्वकप छनोट : मेसीको गोलमा अर्जेन्टिनाको जित



विश्वकप छनोट : मेसीको गोलमा अर्जेन्टिनाको जित

सन् २०१८ मा रसियामा हुने विश्वकपमा छनोट हुने अर्जेन्टिनाको सम्भावना बढेको छ। बिहिबार घरेलु मैदानमा चिलीलाई पराजित गरेसँगै दक्षिण अमेरिकी महादेशबाट शीर्ष चारमा रहदै अर्जेन्टिनाको छनोट हुने सम्भावना बढेको हो।

कप्तान लियोनल मेसीले गरेको एक मात्र गोलको मद्दतमा अर्जेन्टिनाले चिलीलाई १-० ले पराजित गरेको हो। 
मेसीले १६ औं मिनेटमा प्राप्त पेनाल्टीमा गोल गरेका हुन्।

जितपछि १३ खेलबाट २२ अंक जोडेको अर्जेन्टिना तेस्रो स्थानमा उक्लेको छ भने दोस्रो स्थानको उरुग्वेसँगको अंक दुरी १ मा झारेको छ।

उरुग्वे बिहीबारै भएको खेलमा ब्राजिलसँग पराजित भएपनि अर्जेन्टिनालाई फाइदा पुगेको छ।

यस्तै छनोट अन्तर्गत अन्य खेलमा कोलोम्वियाले बोलिभियालाई १-०, पाराग्वेले इक्वेडरलाई २-१ ले पराजित गरेको छ भने भेनेजुएला र पेरुले २-२ गोलको बराबरी खेलेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell