PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विश्वकप छनोट : पाउलिन्होको ह्याट्रिकमा ब्राजिलको जित



विश्वकप छनोट : पाउलिन्होको ह्याट्रिकमा ब्राजिलको जित

पाउलिन्होले शानदार ह्याट्रिक गरेपछि ब्राजिलले विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत उरुग्वेलाई ४-१ ले पराजित गरेको छ। ब्राजिलको लागि नेमारले अर्को गोल गरे।

खेलमा अग्रता भने उरुग्वेले पहिले लिएको थियो। नवौं मिनेटमा एडिनसन काभानीले गोल गर्दै उरुग्वेलाई पहिले अग्रता दिलाएका थिए। तर पाउलिन्होले १९ औं मिनेटमा बराबरी गो फर्काए।

उनले ५२ औं र ९० औ मिनेटमा गोल गरे। नेमारले ७४ औं मिनेटमा गोल गरे।

उरुग्वे विरुद्धको जितपछि ब्राजिल सन् २०१८ मा रसियामा हुने विश्वकप छनोट नजिक पुगेको छ। दक्षिण अमेरिकी छनोटमा ब्राजिल १३ खेलपछि ३० अंक जोड्दै शीर्ष स्थानमा छ। 

ब्राजिलसँग हारेपनि उरुग्वे समान खेलबाट २३ अंकका साथ दोस्रो स्थानमा कायमै छ।

यता अर्जेन्टिना चिलीलाई पराजित गर्दै तेस्रो स्थानमा उक्लेको छ। उसको १३ खेलबाट २२ अंक भएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell