PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

शाहरुख खानलाई स्टार बनाएका निर्देशकको फिल्म हेर्न एक जना मात्रै दर्शक 



शाहरुख खानलाई स्टार बनाएका निर्देशकको फिल्म हेर्न एक जना मात्रै दर्शक 

शाहरुख खानलाई स्टार बनाएका निर्देशकको फिल्म हेर्न एक जना मात्रै दर्शकले टिकट लिए पछि  भारतको एक हलमा शो रद्द गरिएको जागरणले जनाएको छ।

निर्देशक अब्बास मस्तानद्वारा निर्देशित फिल्म 'मशिन' रिलिज भएको हप्ता दिन नपुग्दै फ्लप भएको हो।

निर्देशक अब्बास मस्तान बलिउडका सफल निर्देशक मानिन्छन्। उनले बलिउडलाई कयौं सफल फिल्म दिएका छन्। शाहरुख खानलाई फिल्म 'बाजीगर'मा अवसर दिएर स्टार बनाएका अब्बास मस्तानले अक्षय कुमारलाई पनि फिल्म 'खिलाडी'मा अवसर दिँदै स्टार बनाएका थिए।

आफ्नो करिअरको २७ वर्षमा अब्बासले शाहरुख खानदेखि अक्षय कुमार र कपिल शर्मा जस्ता स्टार अभिनेताको करिअर बनाइसकेका छन्। उनले रेस, अजनबी, ऐतराज, हमराज र बादशाह जस्ता सुपरहिट फिल्म बलिउडलाई दिएका छन्।

फिल्म ‘मशिन’ मा आफ्नै छोरा मुस्ताफलाई बलिउडमा डेब्यू गराएका अब्बास मस्तानले फिल्म यति धेरै फ्लप होला भनेर सोचेका थिएनन्। 

४० करोड रुपैयाँमा बनेको फिल्ममा समिक्षकले शुन्य अंक पनि दिएका थिए। यत्रो ठूलो ब्यानरमा बनेको फिल्म हेर्न एक जना मात्र दर्शक पुगेको घटना भने पहिलो पटक भएको जागरण लेख्छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell