PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

आइजीमा आफ्नो पनि दावी गर्दै सर्वोच्च पुगेका डिआइजी अर्यालले रिट फिर्ता लिन दिए पूरक निवेदन



आइजीमा आफ्नो पनि दावी गर्दै सर्वोच्च पुगेका डिआइजी अर्यालले रिट फिर्ता लिन दिए पूरक निवेदन

काठमाडौं : प्रहरी महानिरीक्षक विवादमा सर्वोच्च अदालतले सरकारले गरेको नियुक्ति उत्प्रेषणद्वारा बदर गर्दै नयाँ नियुक्तिका लागि परमादेश दिएपछि आफ्नो योग्यता पनि मूल्यांकन गरियोस् भन्दै सर्वोच्च अदालत पुगेका डिआइजी प्रकाश अर्यालले आफूले दायर गरेको रिट फिर्ता लिन पुरक निवेदन दर्ता गरेका छन्। 

अर्यालका कानुनी सल्लाहकार सुवास लामिछानेले आजै सर्वोच्चमा पूरक निवेदन दर्ता गरेको जानकारी दिए। 

डिआइजी नवराज सिलवालले दायर गरेको रिटबारे फैसला आउने दिन नै उनको रिटको पनि पेशी तोकिएको थियो। तर न्‍यायाधीश हरिकृष्ण कार्कीको इजलासले त्यो दिन रिट हेर्न नभ्याउने भयो।

त्यसपछि उनको रिटको पेशी चैत १३ गतेका लागि तोकिएको थियो। 

यसअघि आइतबार सर्वोच्चले अर्यालको रिट दर्ता गर्न अस्वीकार गरेको थियो। सरकारले तेस्रो वरियतामा रहेका जयवहादुर चन्दलाई प्रहरी प्रमुखमा नियुक्त गरेपछि उनको नियुक्तिमा प्रश्न उठाउँदै सर्वोच्चमा मुद्दा परेको थियो। अर्का डिआइजी नवराज सिलवालले वरिष्ठता मिचेर नियुक्त गरिएको भन्दै सरकारलाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट हालेका थिए।

चन्दको नियुक्तिमा मुद्दा परेपछि सर्वोच्चले कार्य सम्पादन मूल्यांकन फाइल माग गरेको थियो।

इन्सपेक्टरमा अब्बल नम्बरसहित आफू नियुक्त भएको र त्यसै अनुसार माथिल्लो पदमा पनि नियुक्त हुँदै गएकाले प्रहरी प्रमुख नियुक्तिमा आफ्नो पनि मूल्यांकन हुनु पर्ने माग राख्दै अर्याल आइतबार बिहान अदालत पुगेका थिए। तर आइतबार दिनभर दर्ता नभएको रिट भोलिपल्ट सोमबार दर्ता भएको थियो। 

सर्वोच्चले कार्यसम्पादन मूल्याङ्कनमा डिआइजीमा बढुवा भइसकेपछिको चार वर्षमा नवराज सिलवाल एक नम्बर, प्रकाश अर्याल दुई नम्बर, बमबहादुर भण्डारी तीन नम्बर र जयबहादुर चन्द चौथो नम्बरमा रहेको उल्लेख गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell