PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

वर्षा शिवाकोटीको फिल्म छान्ने ३ टिप्स

वर्षा शिवाकोटीको फिल्म छान्ने ३ टिप्स

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: नायिका वर्षा शिवाकोटी छोटो समयमा रुचाइएकी नायिका मध्य एक हुन्। रुचाइएकी यस अर्थमा कि उनले पहिलो फिल्म 'नाईं नभन्नु ल २' र 'पशुपति प्रसाद'मा गरेको अभिनयबाट सकारात्मक प्रतिक्रिया पाइन्। म्युजिक भिडियोहरुबाट आफ्नो कलाकारिता यात्रा सुरु गरेकी शिवाकोटीको सामाजिक सञ्जालमा फ्यान फलोइङ पनि बढ्दो छ।

हाल उनको फिल्म 'लप्पन छप्पन' प्रदर्शनको तयारीमा छ। चैत ११ गतेबाट फिल्म प्रचारका लागि हिडिरहेकी वर्षाले लप्पन छप्पनमा आफ्नो भूमिका बारे भनिन्,'फिल्ममा मेरो भूमिका फरक अनुभव संगाल्न सकिने अवसर जस्तो लाग्यो र फिल्म गरें।'

उनले फिल्को कथाले आफ्नो अभिनय र आफ्नो अभिनयले कथाले न्याय गरेको दाबी समेत गरिन्। उनका हालसम्मको फिल्मले व्यवसायिक एवं प्रतिक्रियात्मक रुपमा सकारात्मक काम गरेको छ। र फिल्म सफल हुनुमा अभिनेता, अभिनेत्रीको पनि नाम जोडिन्छ। वर्षाले फिल्म चयन गर्दा केलाई आधार मान्छिन् त? उनले पहिलोपोस्टसँग फिल्म छनोट गर्ने आफ्ना तीन टिप्स सुनाइन्।

१. फिल्म निर्माण युनिट: वर्षाले फिल्म चयन गर्दा निर्माण युनिटलाई ध्यानमा राख्ने बताइन्। भन्छिन्,'फिल्मको सङ्ख्या बढाउन जस्तो पनि फिल्म गर्नाले करियारमा असर गर्न सक्छ। त्यसैले भरपर्दो टिम हेरेर मात्र साइन गर्छु।' कहिले काही निर्माता वा निर्माण युनिटसँगको असल सम्बन्धका कारण पनि फिल्म गर्दिन भन्न नसकिने उनको भनाइ छ।


२. स्क्रिप्ट पढ्ने: फिल्मको कथा सधैं फिल्म साइन गर्नु अघि ध्यान दिन आवश्यक विषय रहेको उनको बुझाई छ। कहिले कही युनिट राम्रो भएर पनि कथा सोचेजस्तो नहुन सक्छ भन्ने कुरालाई पुष्टी गर्दै भन्छिन्,'कथा एउटा सुनाएर सेटमा अर्कै पात्रको रुपमा उभाइन्छ। यस्तो घटनाले फिल्म मात्र होईन कलाकारलाई पनि असर गर्छ।'

केहि समय अघि फिल्म 'मेरो पैसा खोई ?' साइन गर्दा कथा नपढ्नुको नकारात्मक प्रभाव भोगिन्। त्यस्तै भयो। भारतिय निर्देशकले सुनाएको मौखिक कथाका आधारमा फिल्म साइन गरेर एड्भान्स रकम बुझिन् तर दोस्रोपटक फिल्मको स्क्रिप्ट नै उल्टियो। उनी आफू यस्ता घटना हरुको शिकार हुनबाट जोगिन कथा पढ्न आवश्यका रहेको बताइन्।
 

३. फिल्ममा आफ्नो भूमिका: कलाकारले फिल्ममा आफ्नो भूमिका बारे प्रष्ट हुनुपर्छ। आफू कुन पात्रको रुपमा देखिनु पर्छ सो पात्रको भूमिका निभाउन आफू योग्य छु या छैन भन्ने कुरामा ध्यान दिन उनले आवश्यक ठानेकी छिन्। भनिन्,'सबै काम गर्न सकिन्छ नै भन्ने हुँदैन। त्यसैले आफूले निभाउन पर्ने र सक्ने भूमिका बारे सोच्नु पर्छ।'

फिल्म 'लप्पन छप्पन' प्रदर्शनको तयारीमा छ। नायिका बर्षा शिवाकोटी चैत ११ गतेबाट फिल्म प्रचारका लागि हिडिरहेकी छिन्। फोटो : मिलन ढुङ्गाना
फिल्म 'लप्पन छप्पन' प्रदर्शनको तयारीमा छ। नायिका बर्षा शिवाकोटी चैत ११ गतेबाट फिल्म प्रचारका लागि हिडिरहेकी छिन्। फोटो : मिलन ढुङ्गाना
फिल्म 'लप्पन छप्पन' प्रदर्शनको तयारीमा छ। नायिका बर्षा शिवाकोटी चैत ११ गतेबाट फिल्म प्रचारका लागि हिडिरहेकी छिन्। फोटो : मिलन ढुङ्गाना


ट्रेन्डिङ पोस्ट

Ncell