PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

तिब्बत मामिलामा नेपालको समर्थनप्रति धन्यवाद : चिनियाँ रक्षामन्त्री



पहिलोपोस्ट

तिब्बत मामिलामा नेपालको समर्थनप्रति धन्यवाद : चिनियाँ रक्षामन्त्री

काठमाडौं : नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका चीनका रक्षामन्त्री जनरल चाङ वानछुवानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच शिष्टाचार भेट भएको हो। भेटका अवसरमा प्रधानमन्त्रीले नेपाल र चीनबीच लामो समयदेखि गहिरो आत्मीय सम्बन्ध रहँदै आएको बताउँदै यसखालका उच्चस्तरीय भ्रमणले सम्बन्ध अझ माथि उठाउने बताए। एक चीन नीतिप्रति नेपालको दृढ समर्थन रहँदै आएको बताउँदै उनले चीनको अभिन्न अंग तिब्बत र ताइवान विरोधी गतिविधिको सधै नेपालले विरोध गर्ने प्रस्ट पारे।

चीनले अघि सारेको वान बेल्ट वान रोड परियोजनामा साझेदार बन्न नेपाल इच्छुक रहेको प्रधानमन्त्रीको भनाइ थियो। नेपालको राजनीतिक स्थायित्व र आर्थिक विकासका लागि चिनियाँ सहयोग महत्वपूर्ण रहेको बताउँदै सहयोगप्रति आभार समेत व्यक्त गरे।

भेटका अवसरमा रक्षामन्त्री वानछुवानले प्रधानमन्त्रीको आजदेखि हुन लागेको चीन भ्रमणको सफलताको कामना गर्दै नेपाल सरकार र नेपाली जनताले चीनप्रति देखाएको सदभाव र आत्मीय सम्बन्धप्रति आभार व्यक्त गरे। उनले ताइवान र तिब्बत मामिलामा चीनप्रति नेपालको बलियो समर्थनका लागि धन्यवाद दिए। नेपालको विकास र अन्य आवश्यकताका लागि चीनले सधै नजिकबाट सहयोग गर्ने बताए।

रक्षामन्त्री बालकृष्ण खाँडको निमन्त्रणामा उनी तीनदिने भ्रमणका लागि आएका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell