PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'लिपस्टिक अंडर माइ बुर्का'का निर्माता भन्छन्: सबै कुरा निर्देशन अनुसार चल्नुपर्छ



पहिलोपोस्ट

'लिपस्टिक अंडर माइ बुर्का'का निर्माता भन्छन्: सबै कुरा निर्देशन अनुसार चल्नुपर्छ

'मृत्युदण्ड', 'दामुल', 'राजनीति' जस्ता फिल्ममा महिलालाई सशक्त ढङ्गमा प्रस्तुत गर्ने निर्माता, निर्देशक हुन् प्रकाश झा। महिलालाई पुरुष समान देखाउन कोसिस गर्न फिल्मलाई प्रयोग गर्ने यी निर्माता भन्छन्,'भारतमा कुनै महिलालाई आफ्नै पतिसँग पनि यौन इच्छा प्रकट गर्ने स्वतन्त्रता छैन।'

हाल उनको निर्माण रहेको फिल्म 'लिपस्टिक अंडर माइ बुर्का'लाई केद्रीय फिल्म प्रमाण बोर्डले प्रदर्शन सर्टिफिकेट दिएन। कारण थियो फिल्ममा यौन र महिलाको चर्चा बढी हुनु। द सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशनले 'लिपस्टिक अंडर माइ बुर्का'मा गाली गलौज र मुस्लिम समुदाय विशेष धार्मिक संवेदनाशिलतामा प्रहार गरेको जनायो।

बिबिसी हिन्दीसँगको कुराकानीमा निर्माता प्रकाशले भने,'फिल्मले पुरुष प्रधान समाजलाई देखाएको होईन महिलाको कथा भनेको हो।'

उनले भारतिय समाजमा पुरुषले महिलाको कुरा महिलाबाटै सुन्न नचाहेको समेत बताएका छन्। बलिउडमा महिलालाई पुरुषको मान्यता अनुरुप मात्र प्रस्तुत गरिएको छ भन्ने उनको तर्क छ।

झाको बुझाईमा महिलाले यौन र यौनिकताको चर्चा गर्नुलाई समाजले अझै पनि अस्विकार गर्छ। 'तर मलाई मेरो फिल्मलाई सोही कारण सर्टिफिकेट नदिइनुमा गुनासो छैन। सबै कुरा निर्देशन अनुसार चल्नुपर्छ।'

सरकारले फिल्मा इन्डस्ट्री लाई उपेक्षा गर्छ भने ठूलो बलिउड इन्डस्ट्रीमा केहि फिल्म उपेक्षित हुनुलाई सामान्य मान्नु पर्ने उनले बताए।

सेन्सर बोर्डले दिएको स्पष्टिकरण विरुद्ध बोल्दै निर्देशक अलंकृता श्रीवास्तवाले भने खेद प्रकट गरेकी थिइन्। भनिन्,'सेन्सर बोर्ड वैकल्पिक सोचसँग सहमत हुन सक्दैन। महिलाको दृष्टिकोणसँग पनि डराए जस्तो लाग्छ किनकी यहाँ जीवनलाई पुरुषको आँखाबाट मात्र हेरिन्छ। तर मेरो फिल्ममा त हरेक विषयलाई चार महिलाको दृष्टिकोणबाट हेरिएको छ।'

बुर्का भित्र लिप्स्टिक लुकाए जस्तै आफ्नो सपना लुकाएर राख्ने महिलाको प्रतिनिधित्व गर्ने फिल्म रहेको निर्देशकको तर्क छ। भनिन्,'साना सहरका महिला जो दबिएर बसेका छन् तिनीहरुलाई फिल्मले देखाएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell