PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अल्मोडाको स्वरमा ‘डायरी’को ‘माया माया’



पहिलोपोस्ट

अल्मोडाको स्वरमा ‘डायरी’को ‘माया माया’

काठमाडौं:  फिल्म ‘डायरी’ को नयाँ गीत सार्वजनिक भएको छ। ‘माया माया’ बोलको सो गीतमा मानस राजको शब्द तथा संगीत रहेको छ। अल्मोडा राणा उप्रेतीको स्वर रहेको गीत को लिरिकल भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो।

छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको फिल्मको लभ सङमा एरेञ्जिङ पनि अल्मोडाकै छ।

अभिनेत्री तथ निर्मात्री रहेकी छुल्ठिम गुरुङ र नव नायक सन्नी सिंह मुख्य भूमिकामा छन्। अनिल योञ्जनको निर्देशक रहेको फिल्म ‘डायरी’ रिभेञ्ज लभ स्टोरी हो। जहाँ रेखा थापा पहिलो पटक भिलेन अवतारमा प्रस्तुत भएकी छिन् भने छुल्ठिम र सन्नी प्रेम जोडीको रुपमा प्रस्तुत भएका छन्।

हेर्नुस् गीतको लिरिकल भिडियो हेर्नुस्: 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell