PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हिन्दी फिल्ममा नेपाली सिन, राजपाल यादब बने नेपाली



पहिलोपोस्ट

हिन्दी फिल्ममा नेपाली सिन, राजपाल यादब बने नेपाली

काठमाडौं: हिन्दी फिल्म 'करोडपति'मा नेपालमा छायाँकन भइरहेको छ। जसका लागि बलिउड अभिनेता राजपाल यादब नेपाल आएका छन्। फिल्मको पनौतीमा छायाँकन हुँदैछ। राजपाल यादबले नेपालको गाउँले परिवेशको पात्र भूमिका निर्वाह गर्दैछन्।

राजपाल यादबले नेपालीको भूमिका निर्वाह गर्दैछन् भने नेपाली अभिनेत्री नीता ढुङ्गानाले भारतिय पात्रको भूमिका निभाउँदै छन्। फिल्ममा आफ्नो भूमिका बारे बोल्दै भनिन्,'धेरै त भन्न मिल्दैन तर म नेपालीको रुपमा देखिन्न। म भारतिय नागरिकको रुपमा प्रस्तुत हुन्छु।' उनले फिल्म करोडपतिले बलिउड र नेपाली फिल्मकर्मी बिच सम्बन्ध बिस्तारमा सहयोग पुर्‍याउने बताइन्।

फिल्ममा नेपाली अभिनेता आर्यन अधिकारीको पनि केन्द्रिय भूमिका रहनेछ। फिल्मलाई अधिकारी ब्रदर्स पिक्चर्स र कृतन मुभिजले संयुक्त रुपमा प्रस्तुत गर्न लागेको हो। नेपाली भाषी भारतिय निर्देशक दीनेश लामाले फिल्म निर्देशन गर्दैछन्।

फिल्मको कथामा पैसाको विषय केन्द्रमा राखिएको छ। १६ दिन लामो नेपाल छायाँकन सक्काएर युनिट मुम्बई फ्लोरमा जाने निर्माण पक्षले बतायो। भने,'फिल्म पनौती, बनेपा जोमसोम, मुस्ताङ लगायत क्षेत्रमा खिच्नेछौं।'

हिन्दी भाषामा तयार हुने फिल्म नेपाली भाषामा डब गर्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell