PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जनकपुरमा मिस नेपालका सात पोज, मधेसी चेलीलाई पनि मिस नेपालमा सहभागी हुन आग्रह

जनकपुरमा मिस नेपालका सात पोज, मधेसी चेलीलाई पनि मिस नेपालमा सहभागी हुन आग्रह


मिस नेपाल अस्मी श्रेष्ठ व्यवसायिक कार्यक्रममा सहभागी हुन मंगलबार जनकपुर पुगेकी थिइन्। उनलाई लागेको थियो त्यहाँ मिस नेपाल भनेर कसैले चिन्दैनन् आफूलाई। 

पहिलो पटक जनकपुर गएकी मिस नेपालको धारणा पूरै परिवर्तन भयो। फेसबुकमा उनले लेखेकी छिन्, 'मेरो यो सोचाइ पूरै परिवर्तन भयो। साँच्चै नै मिस नेपाल हुँ भन्ने महशुस पो गर्नु पाएँ।'

'म न त पहाड़ी भएर गएकी थिए न त मधेसी। म त नेपाली चेली भएर गएकी थिएँ र मलाई जनकपुरबासीहरुले पनि नेपाली चेली भनेर माया गरिदिनु भयो', उनले लेखेकी छिन्।

जानकी मन्दिरका पूजरी राम रोशन दासले उनलाई पाग पनि पहिर्‍याइदिए।

'मधेसी चेलीहरु उत्तिकै सुन्दर, सक्षम र सुशील छन्। वहाँहरुमा मिस नेपालमा हुनु पर्ने सबै गुण भएको कारणले वहाँहरुलाई पनि मिस नेपाल २०१७ मा भाग लिन प्रोत्साहन गर्न चाहन्छुु', उनले लेखेकी छिन्। फोटो :  घनश्याम मीश्रा / समीर ढु़गांना/ मिस नेपालको फेसबुक


ट्रेन्डिङ पोस्ट

Ncell