PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गरिबीको पीडा : उपचार हुन नसक्दा युवक खोरभित्र



पहिलोपोस्ट

हरिकुमार राई 
गाईघाट (उदयपुर) : उदयपुरको पूर्वी क्षेत्रको चौदण्डी नगरपालिका–१ शिखरपुरमा गरिबीका कारण उपचार हुन नसक्दा मानसिक सन्तुलन गुमाएका युवक खोरभित्र रहँदै केही महिना यतादेखि निरन्तर थुनामा रहँदै आएका छन्। 

२०६५ सालअघिसम्म मानसिक रुपमा स्वस्थ रहेका ३४ वर्षीय शिवराज विकको २०६५ फागुनपछि मानसिक सन्तुलन बिग्रँदै गएको हो। आर्थिक अभावका कारण उनलाई अस्पतालमा लगेर उपचार गर्न नसक्दा घरनजिकै खोर बनाएर राख्दै आएको स्थानीय धनराज विक बताउँछन्। 

केही आर्थिक सहयोग भएमात्र पनि शिवराजलाई अन्यत्र ठूला अस्पताल वा भारतमा लगेर उपचार गराउन सकिने भए तापनि खर्चको अभावमा अहिलेसम्म ठूला अस्पतालमा लगेर उपचार गराउन नसकिएको उनका बुबा रामकुमार विकले गुनासो गरे। 'घरको उत्पादनले राम्ररी गुजारा नै चल्दैन, ठूलो छोरो आफैँ बर्बाद भयो,' उनले दुखेसो पोखे, 'कान्छो छोरो पनि काठमाडौँतिर मजदुरी गरेर खान्छ, बडो समस्यामा छु।' 

बूढाबूढीमात्र घरमा रहेको र आफूहरुको समेत हातखुट्टा चल्न कमजोर भइसकेकाले घरमा काम गरेर खुवाउने मान्छे समेत नभएको उनले सुनाए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell