PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

लुकास पोडोल्स्कीको सुखद बिदाइ, अन्तिम खेलमा इंगल्याण्ड विरुद्ध विजयी गोल



लुकास पोडोल्स्कीको सुखद बिदाइ, अन्तिम खेलमा इंगल्याण्ड विरुद्ध विजयी गोल

जर्मनीका लुकास पोडोल्स्कीले अन्तर्राष्ट्रिय फुटबल करियरमा सुखद बिदाई गरेका छन्। यसअघि नै जर्मनीको राष्ट्रिय टोलीबाट सन्यास घोषणा गरिकसेका पोडोल्स्कीले बुधबार देशको लागि अन्तिम खेल खेले, इगल्याण्ड विरुद्ध। 

पोडोल्स्कीकै निर्णायक गोलमा जर्मनीले इंगल्याण्डलाई मैत्रीपूर्ण खेलमा १-० ले हरायो। जर्मनीको लागि आफ्नो अन्तिम खेल खेल्दा पोडोलोस्कीले नै टोलीको कप्तानी सम्हालेका थिए।

घरेलु मैदान डर्टमण्डमा पहिलो हाफको खेल बराबरीमा रोकिएपनि दोस्रो हाफमा पोडोल्स्कीले निर्णायक गोल गरे। उनले ६९ औं मिनेटमा करिब ३० यार्ड टाढाबाट प्रहार गरेको बल गोल भएको थियो।

पोल्याण्डको गिल विसमा जन्मेका पोडोल्स्की दुई वर्षको हुँदा जर्मनी पुगेका थिए र उनले त्यहीबाटै पुरा करियर फुटबल खेलेका हुन्। सन् २००३ मा जर्मनीको लागि डेब्यु गरेका उनले १३० अन्तर्राष्ट्रिय खेल खेल्दै ४९ गोल गरे।

इंगल्याण्ड विरुद्धको गोल जर्मनीका लागि पोलोस्कीले गरेको ४९ औं गोल हो। 

जर्मनीका लागि तीन पटक विश्वकप फुटबल समेत खेलेका उनी सन् २०१४ मा जर्मनीले विश्वकप जित्दाका सदस्य समेत हुन्। 

क्लब फुटबलमा वायर्न म्युनिख, आर्सनल, इन्टर मिनाल, गालातासारे जस्ता क्लबबाट खेलसिकेका पोडोल्स्की अहिले जापानिज क्लब भिसेल कोवमा अनुबन्ध भएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell