PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रधानमन्त्री आज चीन जाँदै, कुनै पनि सम्झौतामा हस्ताक्षर नहुने



पहिलोपोस्ट

प्रधानमन्त्री आज चीन जाँदै, कुनै पनि सम्झौतामा हस्ताक्षर नहुने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनको हाइनानमा हुने बोआओ फोरमको उद्घाटन समारोहमा भाग दिन आज चीन प्रस्थान गर्दैछन्। एक साता लामो भ्रमणमा प्रधानमन्त्री प्रचण्डले राजनीतिक घेटघाट पनि गर्नेछन्। प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई पनि भेट्ने कार्यक्रम छ।

प्रधानमन्त्री भ्रमणका दौरान कुनै पनि सहमतिमा हस्ताक्षर हुने कार्यक्रम नरहेको परराष्ट्र मन्त्रालयले स्पस्ट पारिसकेको छ।

१५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रचण्ड बिहीबार राति १० बजे हाइनान प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीको टोलीमा पत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा. प्रकाशसरण महत, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी, मन्त्रालयका उच्च अधिकारी र सचिवालयका कर्मचारी सामेल छन्। 

बोआओमा प्रधानमन्त्री दाहालले चैत १२ गते सम्वोधन गर्ने कार्यक्रम छ । उद्घाटन सत्रमा सहभागि भएपछि प्रधानमन्त्री सोही दिन बेइजिङ प्रस्थान गर्ने कार्यक्रम छ। चैत ११ गते प्रधानमन्त्रीले चिनियाँ उपप्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम छ।

बेइजिङमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सी’सँग भेट गर्ने कार्यक्रम छ। उनले चैत १३ गते नेवाल चीन सम्वन्धबारे बेइजिङको फरेन स्टडिज युनिभर्सिटिमा सम्वोधन गर्ने कार्यक्रम छ। बेइजिङपछि प्रधानमन्त्री तिब्बत जाने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्डसहितको टोली चैत १६ गते स्वदेश फर्कनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell