PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नेपालसँग खेल्नुअघि फिलिपिन्स मलेसियासँग बराबरीमा रोकियो



नेपालसँग खेल्नुअघि फिलिपिन्स मलेसियासँग बराबरीमा रोकियो

काठमाडौं : एएफसी कप क्वालिफायर्स अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालसँग खेल्नुअघि फिलिपिन्स मलेसियासँगको मैत्रीपूर्ण खेलमा बराबरीमा रोकिएको छ।

बुधबार घरेलु मैदान रिजाल मेमोरियल स्टेडियम मनिलामा भएको खेलमा फिलिपिन्स र मलेसियाले गोलरहित बराबरी खेलेका हुन्।

फिलिपिन्सले नेपालसँग सोही मैदानमा खेल्नुअघि मलेसियासँग मैत्रीपूर्ण खेल खेलेको हो। 

गत नोभेम्वरमा एएफएफ सुजुकी कपमा खराब प्रदर्शन गरेको फिलिपिन्सले मलेससियासँग घरेलु मैदानमै पनि गोल गर्न सकेन। फिफा वरीयतामा फिलिपिन्स १२४ औं तथा मलेसिया १६१औं स्थानमा रहेको छ।

नेपाल र फिलिपिन्सबीचको खेल यही मार्च २८ मंगलबार हुँदैछ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell