PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सूदूरपश्चिममा मिडियाको अवस्था सम्बन्धी पुस्तक सार्वजनिक



सूदूरपश्चिममा मिडियाको अवस्था सम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौँ :  सूदूरपश्चिमाञ्चल विकास क्षेत्र (प्रदेश नं.७) मा मिडियाको अवस्था र पहुँच सम्बन्धी अनुसन्धानात्मक पुस्तक सार्वजिनक भएको छ। सेन्टर फर मिडिया रिसर्च नेपाल र एलायन्स फर सोसल डाइलगले अनुसन्धान रिपोर्ट प्रकाशित गरेका हुन्।
 
अध्ययन अनुसार सूदूरपश्चिममा दैनिक पत्रिकाको पहुँच १०, टेलिभिजनको २० प्रतिशत, केवलको ७ प्रतिशत र एफएम रेडियोको पहुँच ४८ प्रतिशत रहेको छ। अध्ययनका लागि तथ्यांक संकलन २०७१ साल मंसिरदेखि चैतसम्म गरिएको थियो।
 
यस क्षेत्रमा दर्ता भएका ३ सय ९७ पत्रिका मध्ये ७९ पत्रिका नियमित छन्। ५७ वटा एफएमले अनुमति पाएकामा ५० वटा सञ्चालित छन्। रेडियो र पत्रिकामा गरी १२ सय ४१ जनशक्ति रहेकोमा ६ सय ५० पत्रकार छन्।
 
सूदूरपश्चिममा रेडियो, पत्रपत्रिका र केवलमा ४० करोड ६० लाख रुपैयाँ लगानी रहेको छ।  यस क्षेत्रका मिडियाले वार्षिक रुपमा १० करोड रुपैयाँको हाराहारीमा विज्ञापन पाउने गरेका छन्।
 
अध्ययन मिडियाको अवस्था, पहुँच, लगानी, जनशक्ति,  बजार, विज्ञापनको अवस्था, मिडियाले भोग्नु परेका समस्या र चुनौतिमा केन्द्रित छ। अध्ययनले क्षेत्रीय र स्थानीय मिडियाको विकास र प्रवर्द्धनका लागि स्थानीय पत्रपत्रिका, टेलिभिजन, रेडियो र अनलाइनलाई प्रोत्साहन गर्ने क्षेत्रीय सञ्चार नीति आवश्वयक रहेको देखाएको छ। साथै लोककल्याणकारी विज्ञापन र मिडिया विकास कोषमार्फत सूदूरपश्चिम क्षेत्रको मिडियाको विकासमा राज्यको थप सकृयता आवश्यक रहेको  पनि अध्ययनले देखाएको छ।

पुस्तकको डिजिटल प्रति research.butmedia.org बाट डाउनलोड गर्न सकिन्छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell