PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

ओखलढुंगामा मंगलबारदेखि खुला पुरुष भलिबल हुने



ओखलढुंगामा मंगलबारदेखि खुला पुरुष भलिबल हुने

काठमाडौं : यही चैत १५ गते मंगलबार देखि ओखलढुंगाको गाम्नाङटारमा खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। खेलकुद पर्यटन विकासका लागि दी युथ पावर नेपालले आयोजना गर्न लागेको हो।

उक्त भलिबल प्रतियोगिता जिल्लाकै सर्वाधिक पुरस्कार राशिको हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएको छ।

चैत १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौंलगायत विभिन्न जिल्लाका १३ टोलीको सहभागिता रहने दी युथ पावर नेपालका खेलकुद संयोजक विजय बस्नेतले जानकारी दिए।

प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ६६ हजार ६ सय ६६ रुपैयाँ पाउनेछन्। यस्तै तेस्रो हुने टोलीले ३३ हजार तीन सय ३३ रुपैयाँ र सान्त्वना हुने टोलीले ११ हजार एक सय ११ रुपैयाँ हात पार्नेछन्। 

यस्तै यसैगरी उत्कृष्ट स्पाइकर, लिफ्टर, ब्लकर र डिफेन्सलाई नगद एक हजार पाँच सय रुपैयाँ प्रदान गर्ने आयोजकले जनाएको छ।

प्रतियोगिता गाम्नाङटार सेवा समाजको सहकार्यमा आयोजना हुन लागेको हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell