PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

रंगना हेराथ, उपुल थरंगासँगै पूर्व श्रीलंकन स्टार जयसूर्या नेपाल आउने, नेपाली राष्ट्रिय टोलीसँग तीन टी-२० खेल खेल्ने 



रंगना हेराथ, उपुल थरंगासँगै पूर्व श्रीलंकन स्टार जयसूर्या नेपाल आउने, नेपाली राष्ट्रिय टोलीसँग तीन टी-२० खेल खेल्ने 

काठमाडौं : श्रीलंकाका पूर्व स्टार सनथ जयासूर्या, वर्तमान टेष्ट टीमका खेलाडीहरु रंगना हेराथ उपूल थंरगा, सचित्रा सेनानायके लागयतका खेलाडीहरु नेपालमा क्रिकेट खेल्न आउने भएका छन्।

कीर्तिपुरस्थित त्रिवि मैदानमा अप्रिल २५ देखि मे १ सम्म हुने टी-२० सिरिजका लागि श्रीलंकन वर्तमान टोलीका खेलाडीसँगै भेट्रान खेलाडीहरु समेत नेपाल आउन लागेका हुन्। 

नेपाल र श्रीलंकाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६०औं वार्षिकोत्सवको अवसर पारेर पेरिविंकल  सर्भिसले तीन खेलको टी २० सिरिज गर्न लागेको बुधबार राजधानीमा जानकारी गराएको हो।

नेपालको राष्ट्रिय खेलाडीहरु सम्मिलित गोर्खा राइनोज र श्रीलंकन खेलाडीको टीम लंकन लायन्सबीच अप्रिल २७, अप्रिल २९ र मे १ मा तीन खेल हुनेछ।

गोर्खा लायन्सको नेर्तत्व नेपाली राष्ट्रिय टीमका कप्तान पारस खड्काले गर्नेछन्।

नेपाल आउने श्रीलंकन खेलाडीहरुमा हेराथ, थरंगा र जयासूर्यासँगै सचित्रा सेनानायके, चामरा शिल्भादारा, चामिन्दा भास, रोमेस कालुविचर्ना, उपुल चन्दना, फरभेज माहरुफ, दिलहारा फर्नान्डो कौशल्या वैरारत्ने लगायत आउने आयोजकले जनाएको छ। पेरिविंकलका प्रमुख कार्यकारी अधिकृत दीपेश धलेले श्रीलंकन खेलाडी नेपाल आउने कनफर्म भइसकेको बताए।

सन् १९९६ मा श्रीलकाले वान डे वर्ल्ड कप क्रकेटको उपाधि जित्दा जयासूर्या र चामिन्दा भास महत्वपूर्ण सदस्य थिए। जयासूर्या उक्त वर्ल्ड कपको म्यान अफ दी सिरिज समेत घोषित भएका थिए।

नेपाली राष्ट्रिय टीमका कप्तान पारस खड्काले श्रीलंकन खेलाडी नेपाल आउदाँ नेपाली खेलाडीहरुले धेरै कुरा सिक्न पाउनेर एक्पोजर पनि पाउने बताए। 

'लास्ट टाइम फिलिप ह्युज ट्रिबुट म्याच हुँदा क्रिकेट अष्ट्रेलियाका सिइओ लगायत अन्य खेलाडीहरु पनि आएका थिए। अहिले टेष्ट प्लेइङ नेशन बाट नेपालमा खेलाडीहरु खेल्न आउँदा अन्तर्राष्ट्रिय स्तरमा समेत राम्रो सन्देश जान्छ।'
'रंगना हेराथ अहिले श्रीलंकन टेष्ट टीमका कप्तान छन्। उनीहरुसँग खेल्न पाउनु हाम्रो लागि ठूलो उपलब्धी हुनेछ। हाम्रा खेलाडीहरुले समेत एक्पोजर पाउनेछन्।'

खड्काले टेष्ट नेशनका खेलाडीहरु आउँदा नेपाल सानो राष्ट्र भएपनि ठुला क्रिकेट आयोजना गर्न सक्छ भन्ने सन्देश जाने बताए।

यता आयोजक पेरिविंकलका दीपेश घलेले राष्ट्रिय खेलकुद परिषद्ले यस सिरिजका लागि केही सहयोग लिएको भएतापनि सरकार मन्त्रालय लगायत अनय ठाउँबाट सहयोग नभउको बताए। यस्तै श्रीलंकन टीमका खेलाडीको खाने बस्ने देखि लिएर सबै सुविधा उपलब्ध गराउँदा ठूलो खर्च हुने समेत उनले बताए। 

उक्त सिरिजको अन्त्यमा नेपाली राष्ट्रिय टोलीका पहिलो कप्तान उत्तम कर्माचार्यलाई लाइभटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिने कार्यक्रम रहेको समेत उनले जानकारी गराए। यस्तै राष्ट्रिय टोलीकी पहिलो महिला कप्तान नेरी थापा, नेपा नेत्रहिन क्रिकेट संघका अध्यक्ष पवन घिमिरे, नेत्रहिन क्रिकेट टोलीका पुरुष कप्तान कृतन श्रेष्ठ दुवाल र महिला कप्तान भगवती भट्टराई ताथ नेपालको पहिलो आइसिसी प्यानल क्रिकेट अम्पायर बुद्धि प्रदानलाई पनि सम्मान गरिनेछ। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell